तेनुवामा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन

कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित तेनुवामा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ।...

सम्बन्धित सामग्री

वडा कार्यालय भवनको उद्घाटन

मकवानपुरको मनहरी गाउँपालिका ७ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको आइतबार नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभएको हो ।

आफ्नै भवनमा वडा कार्यालय

लामो समयदेखि अर्कै संस्थाको भवनबाट सञ्चालनमा रहेको हरिवन नगरपालिका–८ को वडा कार्यालय बुधबारदेखि आफ्नै भवनमा सारिएको छ । हरिवनस्थित पुरानो बजारमा निर्माण गरिएको वडा कार्यालय भवन बुधबार संविधान दिवसका अवसरमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । पूर्वमन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का सङ्घीय सांसद हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भवनको उद्घाटन गरिएको वडाध्यक्ष प्रज्वल ढुङ्गानाले जानकारी दिनुभयो ।

‘विकासमा पक्षपात भयो भने विद्रोह निम्तिन्छ’

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका योजना छनौटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गरेका छन् । आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका वडा नं ७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भने, ‘विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ । विना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र […]

आँधीखोला गाउँपालिका-२ को नवनिर्मित वडा कार्यालयको उद्घाटन

स्याङ्जा । स्याङ्जाकाे आँधीखोला गाउँपालिका-२ चिलाउनेबासको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। गण्डकी प्रदेश सभा सदस्य सुधीर कुमार पौडेलले एक कार्यक्रमबीच नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको हो । वडा कार्यालय भवन निर्माणका लागि १ करोड ८८ लाख रूपैयाँको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर १ करोड ३९ लाख १२ हजार १ सय […]

भूमिकास्थान नगरपालिका वडा नम्बर ४ को भवन उद्घाटन

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भूमिकास्थान नगर प्रमुख झविलाल थापाले आइतबार एक समारोहबीच कार्यालयको उद्घाटन गरेका हुन् । नगरपालिकाको करिब ६५ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको भवनको उद्घाटन कार्यक्रम वडाध्यक्ष बाबुराम सुनारको अध्यक्षता र शेषकान्त घिमिरेको सञ्चालन भएको हो ।

वडा कार्यालय उद्घाटन

कपिलबस्तुको कपिलबस्तु नगरपालिका १० को वडा कार्यालय भवनको उद्घाटन भएको छ । नगरप्रमुख किरण सिंहले नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गर्नुभयो ।

स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालयको उद्घाटन

स्याङ्जा । आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भुई तल्लामा कार्यालय रहने वडा कार्यालय भवनको पहिलो तल्लामा १५० जना क्षमता भएको सभाहल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । सबै वडाको कार्यालय बनाउने नीति अनुसार पाँच वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार […]

ओलीलाई अहमताले बालकोट पुर्यायो, अरुले पनि पाठ सिक्नुपर्छ : सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुगेको टिप्पणी गरेका छन्। भक्तपुरको मध्यपुर नगरपालिका–३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले भने,  'जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको बर्हिगमन भयो। यो कुराबाट सबैले पाठ सिक्नुपर्छ।' संविधान र कानुनभन्दा माथि कोही पनि नहुने उनको भनाइ छ। ओलीमा बढेको अहमताले म

भीमदत्त–१२ को वडा कार्यालय भवन उद्घाटन

महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधवार नगर प्रमुख सुरेन्द्र विष्टले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । नगरपालिकाले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको उनले बताए । २ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन १ करोड ५८ लाखमा निर्माण भएको हो । कार्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख विष्टले वडाको सेवा सहज बनाउन सामुदायिक भवनको रूपमा समेत प्रयोग गर्न सकिनेगरि कार्यालय भवन निर्माण गरिएको बताए । भीमदत्त नगरपालिकाले हालसम्म चारओटा वडा कार्यालय भवनको निर्माण गरी सेवा दिइरहेको छ । यस्तै एउटा वडा कार्यालयको भवन उद्घाटन हुन बाँकी र दुईओटाको निर्माण अन्तिम चरण रहेको नगरपालिकाले बताएको छ । नगरपालिकाले स्वास्थ्य लगायत अन्य क्षेत्रमा पनि प्राथमिकताका पूर्वाधार निर्माण गरी सेवा दिइरहेको नगर प्रमुख विष्टको भनाइ छ । साथै नगरको वडा नम्बर १२ मा पर्यटन सूचना केन्द्र र भ्यू टावर बनाउने योजना रहेको उनले बताए । भीमदत्त–१२ का वडाध्यक्ष कृष्ण सिंह देउवाले आफ्नै कार्यालयबाट जनतालाई सहज रूपमा सेवा दिन भवन निर्माण गरिएको बताए । वडा कार्यालयले विकास निर्माण काम तीव्रताका साथ अघि बढाएको उनको भनाइ छ । बुधवार नै वडा कार्यालयसँगै रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको समेत नगर प्रमुख विष्टले उद्घाटन गरेका छन् ।

कार्यालय भवनको उद्घाटन

दमक, १४ असार: झापाको कमल गाउँपालिका–५ को कार्यालय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पाडाजुङ्गी चोक पूर्व पाथीभरा चोकको १७ धुर जमीनमा निर्माण गरिएको नवनिर्मित वडा कार्यालय भवनको १ नं प्रदेशसभाका सुशासन तथा योजना समितिका सभापति अर्जुन राईले उद्घाटन गरे । उपभोक्ता समितिमार्फत प्रदेश सरकारको रु २५ लाख र गाउँपालिकाको रु ५४ लाख […]