तस्बिरमा तारैतारले ढाकिएको सडक कीर्तिपुरको हो। दैनिक हजारौँ मानिसहरु ओहोरदोहोर गर्ने यस सडक नेपाल विद्युत प्राधिकरणले फ्याँकेका तारैतारले ढाकिएको छ। सडकमा रहेका दुईवटा बिजुलीका पोल फेर्ने क्रममा विद्युत प्राधिकरणले जथाभावी तार काटेर बाटोमा छरिदिएको स्थानीय बताउँछन्। करिब एक सातादेखि यसरी सडकमा तार नपन्छाइएका कारण कतिपय स्कुल जाने बालबालिका तारमा अल्झिएर लडेको स्थानीय बताउँछन्। नाङ्गै अवस्थामा […]
सप्तरी– रूपनी गाउँपालिका राजविराज सडक खण्डको विद्युत प्राधिकरण कार्यालयनजिक टिपरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा रूपनी गाउँपालिका-१ का शिवशंकर यादवकी छोरी रीता यादव रहेकी छिन् । उनलाई घरबाट साइकलमा मावि नकटी रायपुर विद्यालय साइकलमा आउने क्रममा टिपरले ठक्कर दिएको स्थानीयको भनाइ रहेको छ । बालिकाको मृत्यु भएपछि विद्यालयका […]
तारे होटाल, सिमेन्ट तथा फलाम उद्योगमा सरकारी खर्चमै औद्योगिक पूर्वाधार बन्ने भएको छ । सरकारले तारे होटल तथा सिमेन्ट र फलाम उद्योगमा पहुँच सडक तथा विद्युत प्रसारण लाइन निर्माणमा लागत साझेदारीका लागि आह्वान गरेको छ । जसअनुसार उद्योगी स्वयमले औद्योगिक पूर्वाधार निर्माण गरेमा कूल लागतको ७५ प्रतिशता सम्म शोधभर्ना पाउनेछन् ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले […]
सरकारले औद्योगिक पूर्वाधार संरचना निर्माणमा निजी क्षेत्रलाई संलग्न गराई शोधभर्ना दिने कार्यक्रम अघि बढाएको छ । चालू आर्थिक वर्षको बजेटमा उल्लेख भएको यो कार्यक्रम आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा बल्ल कार्यान्वयन सुरु भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय झन्डै ८ महिना मन्त्रीविहीन हुँदा अलपत्र परेको यो कार्यक्रम नयाँ मन्त्रीको पद बहालीसँगै […]
सिन्धुपाल्चोक – मेलम्ची खोलामा आएको बाढीले स्थानीयमा अनेकौं समस्या थपिएका छन् । बाढीका कारण सडक सञ्जाल, विद्युत सेवा र टेलीफोन सम्पर्कबाट स्थानीय वञ्चित हुन थालेका छन् ।
हेलम्बुको हिमाली बस्ती मेलम्ची घ्याङ, तार्के घ्याङ, नाकोते जस्ता ठाउँहरु सडक, विद्युत तथा सञ्चारबाट पूर्णरुपमा विच्छेद भएका छन् । मेलम्ची घ्याङका स्थानीयलाई खाद्यान्न र औषधि लानै समस्या भएको छ । हेलिकप्टर आउँदा राहतको सास फेरे पनि बाढी आउँदा मन कहालिएर आउने हेलम्बुका बाढी प्रभावितहरु बताँउछन् ।
असार १ गते आएको बाढीले हेलम्बु देखि मेलम्ची &n...