२५ पुस, वीरगञ्ज । बारा जिल्लामा अवैध रुपमा सञ्चालित १५ वटा क्रसर तथा बालुवा प्रशोधन केन्द्रको विद्युत लाइन काटिएको छ । जिल्ला अनुगमन उपसमितिले तीन दिन लगातार अनुगमन गरेर १५ वटा क्रसर उद्योगको विद्युत लाइन काटेको हो । बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा गठित उपसमितिले शुक्रबारदेखि निरन्तर बालुवा प्रशोधन केन्द्र र क्रसर […]
नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले विद्युतलाइन भूमिगत गर्दा काठमाडौंको तीनकुनेस्थित मुख्य खानेपानी पाइप लाइनमा क्षति भएको छ । प्राधिकरणले आयोजना कार्यान्वयन निर्देशनालयसँग समन्वय नगरी विद्युत लाइन भूमिगत गर्दा क्षति भएको केयुकेएलले जनाएको छ ।सोही कारणले कात्तिक २४ गते काठमाडौंको सुन्दरीजलबाट बागमतीको प्रशोधित खानेपानी खुमलटार लैजाने क्रममा चुहावट भई तीनकुने क्षेत्र जलमग्न भएको पनि केयुकेएलले जनाएको छ ।‘क्षति भएको मुख्य पाइप लाइनको मर्मत तथा पु
१८ भदौ, चितवन । चितवनको पूल्चोक नारायणगढदेखि बसपार्क चोक तथा आँपटारीसम्म विद्युत लाइन भूमिगत गरिने भएको छ । त्यसका विद्युत प्राधिकरणले ठेक्का सम्झौतासमेत गरिसकेको छ । कास्कीको पोखरा महानगरपालिका र भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा ४९ करोड ६८ लाख ३१ हजार ८ सय ९९ रुपैयाँको लागतमा विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले भारतीय कम्पनी टाटा प्रोजेक्ट्स […]
राजधानीको खुशिवु नयाँबजार क्षेत्रमा विद्युत लाइन भूमिगत गर्दा खानेपानीको १४ किलोमिटर पाइपलाइनमा क्षति भएको छ । तर, नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्ति दिन ढिलाइ गर्दा खानेपानीका पाइपलाइनको मर्मत एवम् पुनःस्थापनाका लागि ढिलाइ भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटासँग नयाँ बजार जग्गा एकीकरण उपभोक्ता सङ्घका अध्यक्ष लगायत पदाधिकारीहरुले भेट गरी छिट्टै त्यस क्षेत्रका क्षतिग्रस्त सडकको पुनःस्थापना गर्न माग गरे
दाङ-नेपाल विद्युत प्राधिकरणले स्थानीय सरकारको लाइन काटिदिएको छ । तुलसीपुर उपमहानगरपालिकाको विद्युतलाइन नेपाल विद्युत प्राधिकरण तुलसीपुर शाखाले मंगलबार काटिदिएको हो । विद्युतलाइन काटिदिएपछि उप महानगरपालिका दिनभर सेवा प्रभावित भएको थियो । यसले नागरिकहरु समस्या भोग्नु परेको थियो । उप महानगरपालिकाले बुझाउनु पर्ने बक्यौता रकम समय मै नबुझाएका कारण मंगलबार बिहानैदेखि विद्युत लाइन काटिएको नेपाल विद्युत […]
दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा विद्युतबिहीन भएको छ। कार्यालयको विद्युत काटिएको २४ घण्टासम्म पनि विद्युत लाइन जोडने प्रयास भएको छैन। नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले १ लाख ६० हजार विद्युत बक्यौता उपमहानगरपालिकाले नतिरेको भन्दै कार्यालयमा जडान गरिएको विद्युत लाइन काटेको जनाएको छ। विद्युत महशुल बुझाउन पटक–पटक ताकेता गर्दापनि कुनै जवाफ नआएपछि मंगलबार विहान उपमहानगरको […]
१३ वैशाख, दाङ । विद्युतको बक्यौता नतिर्दा तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटिएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार उपमहानगरले ४ महिना यताको विद्युत महशुल बुझाएको छैन । केन्द्रका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार तुससीपुर उपमहानगरपालिकाका कार्यालयको मात्रै करिब डेढ लाख महशुल बुझाउन बाँकी छ । त्यस्तै उपमहानगरपालिकाले सडक बत्तीको पनि महशुल पनि बुझाएको […]
जाजरकोट– विद्युत लाइन विस्तारमा देखिएको समस्या तत्काल हल गर्न नेपाल विद्युत प्राधिकरणलाई कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेसप्रसाद सिंहले निर्देशन दिएका छन् । चार बर्षअघि ठेक्का लगाएका काम अहिलेसम्म पूरा नभएको भन्दै मन्त्री सिंहले तत्काल ति काम अगाडि नबढाए कडा कदम चाल्ने चेतावनी दिए । कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख सम्भु कुसैयात यादवलाई […]
कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्ला जिल्लामा अझैसम्म विद्युतको राष्ट्रिय प्रसारणलाइन पुगेको छैन । राष्ट्रिय प्रसारण लाइनले छोएका सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालिकोट र जुम्लाका नागरिकले पनि सुविधाभन्दा बढी सास्ती खेप्नु परेको छ ।योजनाविनै राष्ट्रिय प्रसारणलाइन विस्तार गर्दा उपभोक्ताले सास्ती भोग्नु परेको हो । विद्युत लाइन छिनछिनमा जाने आउने तथा न्यून भोल्टज आउने […]