काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले एमसिसीबारेकाे भ्रम चिर्न संसद्मा छलफल हुनुपर्ने बताएका छन्।एमसिसी नेपाल आफैले सडक र विद्युत प्रसारण लाइन निर्माणका लागि अनुदान माग गरेकाे परियाेजना भएकाे भन्दै महतले यसबारे फैलाइएका भ्रमहरू चिर्न जरुरी रहेकाे बताए।नेपाल प्रेस युनियनले शुक्रबार महतलाई पार्टीको प्रवक्ता भएकामा बधाई र सम्मान दिन आयोजना गरेको कार्यक्रममा उनले जसले एमसिसी परियाेजना अगाडि बढाउन पहल गर्याे उही दल तथा नेता यसबारे भ्रम फैलाउन लागि परेकाेसमेत आराेप लगा