काठमाण्डौ – ओमानले कोरोना संक्रमणलाई नियन्त्रण गर्न आज रातिदेखि अर्को सूचना जारी नभएसम्मको लागि रात्रिकालीन कफर्यु लगाउने भएको छ ।
राति ८ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सार्वजनिक र व्यावसायिक क्रियाकलापमा रोक लगाउने त्यहाँको सरकारी निर्णयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । यो समयमा बाहिर हिँडडुल गर्न र सवारी साधन प्रयोग गर्न पाइने छैन । तर अत्यावश्यक व्यवसाय सञ्चालनमा भने रोक लगाएको छैन । यस्तै होम डेलिभरी सेवा पनि चालु रहने जनाइएको छ ।
ओमानमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएकाले ओमानले कडा सुर...