सर्वोच्चमा संसद विघटनविरुद्धको रिटमा आजबाट पुनः बहस सुरु

न्युज अफ नेपाल ,काठमाडौं । आजबाट पुनः संसद विघटनविरुद्धका रिटमा बहस सुरु हुने भएको छ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेदेखि निरन्तर बहस हुँदै आएको छ । […]

सम्बन्धित सामग्री

संसद अधिवेशन सुरु

काठमाडौँ- संघीय संसदको अधिवेशन सुरु भएको छ । राष्ट्रिय सभाको चौथो र प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको हो । संघीय संसद भवनमा दुवै सदनको अधिवेशन सुरु भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्न्द्र पौडेलको आह्वानमा दुवै सदनको अधिवेशन सुरु भएको हो । प्रनिधिसभाको अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै केही सांसदहरुले बोल्न उठेर समय माग गरेका […]

संसद बैठक सुरु

काठमाडौँ– संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक सुरु भएको छ।  संसद भवन नयाँ बानेश्वरमा बैठक केहिवेरअघि सुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अनुगमन तथा मूल्यांकन विद्येयक,२०७८ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अहिले बैठकमा सांसदहरुले धारणा राखिरहेका छन्।

संसद भवनमा सर्वदलीय बैठक सुरु

संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठक सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा सर्वदलीय बैठक बसेको हो । २५ पुसबाट संघीय ससदको अधिवेशन सुरु हुन लागेको अवस्थामा सर्वदलीय बैठक बसेको हो । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको २६ पुसमा बस्ने बैठकमा विश्वासको […]

अर्थमन्त्रीको विवादका कारण सुरु हुन सकेन संसद बैठक

काठमाडौँ- संघीय संसद अन्तर्गत बुधबारको प्रतिनिधि सभा बैठक अझै सुरु भएको छैन। बिहान ११ बजे बस्ने कार्यसूची तय भएको बैठक झण्डै १ बजेसम्म बैठक सुरु हुन नसकेको हो। सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरूबीच छलफल नसकिएकोले संसद बैठक बस्न नसकेको हो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि […]

संसद बैठक सुरु (लाइभभिडियो)

काठमाडौं, १० जेठ । संसद बैठक सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित सांसद भवनमा बैठक सुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्दैछिन् ।

संसद बैठकअघि कार्यव्यवस्था परामर्श बैठक सुरु

प्रतिनिधिसभा बैठकको पूर्व सन्ध्यामा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक सुरु भएको हो ।  प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न बैठक डाकिए पनि प्रमुख प्रतिपक्षी दल एमाले आफ्नो अडानबाट पछि हटेको छैन । एमालेले आफ्नो दलले कारवाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी रहुञ्जेल बैठक चल्न नदिने बताउँदै आएको छ ।

संसद भवनमा सभामुख र सांसदहरुको एन्टिजेन परीक्षण सुरु

काठमाडौँ । आज संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीहरुको एन्टिजेन परीक्षण सुरु गरिएको छ । मंगलबार संसदको हिउँदे अधिवेशन आह्वान भएकाले त्यसअघि संघीय संसद भवनको स्काई हलमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ । […]

सभामुखद्वारा संसद भवनको स्थलगत अवलोकन, संसद अधिवेशनको तयारी सुरु

काठमाण्डाै - पर्सि ३ गते बोलाइएको संसद अधिवेशनको तयारी सुरु भएको छ । जनस्वास्थ्यका मापदण्ड अपनाएर पर्सि दिउँसो ४ बजे संसद बैठक बस्ने छ । स्वास्थ्य मापदण्डको तयारीबारे बिहान सभामुख अग्निप्रसाद सापकोटाले संसद भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गर्नु भएको छ । संसद बैठक अघि सभामुख सापकोटा लगायतको एन्टिजेन विधिमार्फत स्वास्थ्य परीक्षण गरिएको छ ।

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु, संसद अधिवेशनका लागि सिफारिस गरिने

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन)  बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो ।