सभामुखद्वारा संसद भवनको स्थलगत अवलोकन, संसद अधिवेशनको तयारी सुरु

काठमाण्डाै - पर्सि ३ गते बोलाइएको संसद अधिवेशनको तयारी सुरु भएको छ । जनस्वास्थ्यका मापदण्ड अपनाएर पर्सि दिउँसो ४ बजे संसद बैठक बस्ने छ । स्वास्थ्य मापदण्डको तयारीबारे बिहान सभामुख अग्निप्रसाद सापकोटाले संसद भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गर्नु भएको छ । संसद बैठक अघि सभामुख सापकोटा लगायतको एन्टिजेन विधिमार्फत स्वास्थ्य परीक्षण गरिएको छ ।