सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो ।