राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले निषेधाज्ञाका कारण विचल्लीमा परेका श्रमिकहरुलाई राहत वितरण गरेको छ । टुकोनले रिक्सा चालक र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूको ४० परिवार लाई एक हप्ता पुग्ने खाद्यान्न वितरण गरेको हो । टुकोनले श्रमिकहरुलाई वितरण गरेका रहत सामाग्रीमा चामल, तेल, दाल, क्वाटी, नुन, चाउचाउ र माक्स संलग्न रहेको टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले बताए । विपद्को विकराल परिस्थितीमा जोखिम कार्यलाई ध्यान दिंदै रोग र भोक दुवै मानव जीवनका चुनौतीलाई सामना गर