चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक करोड ७८ लाख २३ हजार ८५० राहत वितरण गरेको छ । वन्यजन्तुबाट भएको क्षतिस्वरूप निकुञ्जले राहत वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ५६९ घटना भएका थिए । ती घटनामा परेकाहरुलाई राहत वितरण गरिएको हो । तिवारीका अनुसार वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएका ११ जनाको परिवारलाई एक करोड १० लाख वितरण गरिएको छ । प्रतिपरिवार १० लाखका दरले राहत वितरण गरिएको हो । वन्यजन्तुको आक्रमणमा