रास्कोट र महावैमा पहिरो पीडितलाई राहत वितरण

कालिकोटको रास्कोट नगरपालिका र महावै गाउँपालिकाले राहत वितरण सुरु गरेको छ।

सम्बन्धित सामग्री

इखाबुका पहिरो पीडितलाई राहत वितरण

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिबार वर्षासँगै गएको पहिरोका कारण घर क्षतिग्रस्त भएका र जोखिममा परेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

पहिरो पीडितलाई राहत वितरण

दोलखा– लायन्स क्लब अफ इन्टरनेसनलले गौरीशंकर गाउँपालिकाका–७ र ८ का पहिरो पीडितका लागि राहत वितरण गरेको छ । एक महिनाअघिको पहिरोबाट ६३ परिवार पीडित भएका थिए । पहिरोमा चार जनाको ज्यान गएको थियो भने दुई जना बेपत्ता भएका छन् । लायन्स क्लब अफ इन्टरनेसनल ३२५ डी डिस्ट्रिक्ट गोकर्णेश्वर काठमाडौंले ६३ परिवारका लागि खाद्यान्न, भाँडावर्तन, ओड्ने […]

बढी–पहिरो पीडितलाई राहत वितरण

सिमकोट – साउन १२ र १३ गते गएको बाढी–पहिरो पीडितलाई राहत वितरण गरिएको छ। बाढी–पहिरोबाट क्षति भएकामध्ये छनोट भएको १५ घरधुरीलाई बिहीबार एक कार्यक्रम आयोजना गरी राहत वितरण गरिएको हो। कर्णाली प्रदेशका हिमाली क्षेत्रमा उत्थानशील समुदाय निर्माण परियोजनाका जीविकोपार्जन अधिकृत संरक्षण शाहीले बाढी–पहिरो पीडित सर्केगार्ड गाउँपालिका–२ को रिप, ३ को उनापानी, ६ को बराई, ८ […]

पहिरो पीडितलाई राहत वितरण

पहिरोले सोही ठाउँमा अन्य पाँच घर उच्च जोखिममा परेका छन्। स्थानीय मानसिंह महरा, राइसिंह महरा, ध्वज महरा, गणेश महरा र ज्ञानेन्द्र महराको घर पहिरोको उच्च जोखिममा परेका हुन्।...

डोटीका बाढी पहिरो पीडितलाई राहत वितरण

डोटी । गत असोज ३१ गतेदेखिको वर्षाका कारण आएको बाढी पहिरोले पीडित बनेका यहाँको सायल गाउँपालिका वडा नं १ देखि ५ का १५० भन्दा बढी घर परिवारलाई राहत वितरण गरिएको छ । वडा तथा गाउँपालिकासँगको समन्वयमा मानवीय सेवामा अनेकौँ प्रयास नामक संस्था साइन नेपाल धनगढीले केयर एन्ड रिलिफ परियोजनाको आपत्कालीन राहत कार्यक्रमअन्तर्गत उक्त राहत वितरण […]

पहिरो पीडितलाई राहत वितरण

धनकुटा : धनकुटा साँगुरीगढी गाउँपालिका–६ मुक्तेन र मझियाका पहिरो पीडित २६ परिवारलाई गोर्खा वेल्फेयर ट्रष्टले खाद्यान्नसहित दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ।साँगुुरीगढी गाउँपालिका–६ वडा कार्यालयको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको उत्थानशील खानेपानी, सरसफाइ, स्वच्छता तथा आपत्कालीन पूर्वतयारी कार्यक्रम अन्तर्गत मुक्तेन र मझियाका २६ परिवारलाई राहत वितरण गरिएको हो।साँगुरीगढी गाउँपालिका–६ का वडाध्यक्ष यमप्रकाश (दिपक) को रोहवरमा गोर्खा वेल्फेयर ट्रष्ट धरानले स्थलगत र

फाल्गुनन्द गाउँपालिकाका पहिरो पीडितलाई राहत वितरण

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका पहिरो पीडितलाई डेढ सातापछि प्रारम्भिक राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले शनिबार खाद्यान्नसहितका सामग्री वितरण गरेको हो ।

जलजलाका पहिरो पीडितलाई राहत वितरण

असार ५, पर्वत । पर्वतको जलजला गाउँपालिका अन्तर्गत बसोबास गर्दै आएका पहिरो पीडितलाई स्थलगत रुपमा नै पुगेर सहयोग प्रदान गरिएको छ ।  पछिल्लो समय लगातार वर्षाका कारण विस्थापित बनेका १६ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले पीडितको घरमा नै पुगेर सहयोग उपलब्ध गरेको हो ।  प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक देवी पाण्डे खत्रीको नेतृत्वमा पुगेको जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख, रेडक्रस सोसाइटी पर्वतको टोली र सञ्चारकर्मी सहितको उपस्थितिमा १६ परिवारलाई १ लााख ७० हजार नगद रुपैयाँ र खान बस्नका लागि सामग्रीहरु प्रदान गरिएको हो ।  संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त विपद् कोषमा रहेको रकमबाट पीडितहरुलाई सहयोग गरिएको थियो । दीर्घकालिन रुपमा समस्या समाधानका लागि नभई तत्कालका लागि राहत स्वरुप उक्त रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन् ।  घर पूर्ण रुपमा भत्किएर छिमेकीको घरमा ६ जनाको परिवार सहित बस्दै आएका जलजला ४ देविस्थानका टेकबहादुर थापाले सहयोग थोरै भएपनि आफूहरुलाई ठूलो राहतको महसुस भएको बताए ।  विपद् व्यवस्थापन समितिको टोलीले थापा सहित जलजला गाउँपालिका ४, ७ र २ का पहिरो पीडितहरुलाई सहयोग उपलब्ध गराएको थियो । जस अन्तर्गत जिल्ला रेडक्रस सोसाइटी पर्वतले कम्बल, त्रिपाल र खाना पकाउने भाँडा समेत प्रदान गरेको थियो ।  जलजला गाउँपालिकामा झण्डै १०० भन्दा बढी घरहरु बस्न नमिल्ने गरी भत्किएको र क्षति पुगेको अनुमान गरिएको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए । उनले तथ्यांक संकलन कार्य अघि बढिरहेको बताउँदै घरमा पूर्ण रुपमा क्षति पुगेका परिवारलाई पुनः सोही घरमा नबस्न र विद्यालय तथा अन्य खाली सार्वजनिक भवनहरुमा स्थानान्तरण गर्न गराउन वडाहरुमा सर्कुलर गरिएको बताए ।

पहिरो पीडितलाई राहत वितरण

नेपाली कांग्रेस ताप्लेजुङ र कोशी प्रदेश सभाका सदस्य खगेनसिंह हाङ्गामद्वारा पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । असारको पहिलो साता मैवाखोला गाउँपालिकामा गएको पहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।

पहिरो पीडितलाई राहत वितरण

ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई नेपाल शेर्पा सङ्घ जिल्ला समितिले राहत वितरण गरेको छ ।