नेपाली डिजाइनर प्रवल गुरुङको पोशाक लगाएर अमेरिकी उपराष्ट्रपति संसदमा

काठमाडौं। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस नेपाली डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको कपडा लगाएर संसदमा उपस्थित भएकी छिन्। बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त सदनलाई सम्बोधन गरेका थिए। त्यही बैठकमा उपराष्ट्रपति ह्यारिस पनि सहभागी थिइन्। उनले प्रबलले डिजाइन गरेको डबल क्रिपक्रिम सुट र सिल्कको चार्मयुज लगाएकी थिइन्। यसलाई प्रबलले इतिहासकै शक्तिशाली र खुशीको क्षण भएको प्रतिक्रिया दिएका छन्।

सम्बन्धित सामग्री

महिलाको प्रगतिबाट सबै लाभान्वित: उपराष्ट्रपति

काठमाडौं, फागुन २५ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि, सेना दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले भनेका छन्, “मधेसमा ‘जलधरी’, ‘शिवराइत’, ‘शिवरात’ आदि नामले लोकप्रिय महाशिवरात्रिमा भगवान् शिवलाई बेलपत्र, धतूरो, अबीर आदि […]

उपराष्ट्रपति यादवले गरे चीनको पिपुल्स हस्पिटलको भ्रमण

केही दिनदेखि चीन भ्रमणमा रहेको उपराष्ट्रपति  नेतृत्वको नेपाली टोलीले चीनको कुन्मीङमा रहेको ३०० शय्याको पिपुल्स हस्पिटलको अवलोकन भ्रमण गरेको हो।

गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिद्वारा उपराष्ट्रपति यादवसँग भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले बुधबार भेटवार्ता गरेका छन् । सङ्घका कार्यकारी अध्यक्ष रविना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधित्वमा गएको प्रतिनिधिमण्डलले उपराष्ट्रपति समक्ष नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा, नेपालमा सहजै लगानीको वातावरण निर्माणलगायत विषयमा छलफल गरेको थियो । सो अवसरमा उपराष्ट्रपति यादवले गैरआवासीय नेपालीको लगानी विषयमा यथाशक्य छिटो समस्या समाधानका …

होलीले नेपाली समाजलाई एक सूत्रमा जोडेको छ : उपराष्ट्रपति पुन

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालीहरूको लोकप्रिय चाड फागु पूर्णिमा (होली पर्व) को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । रंगहरुका पर्वको रूपमा मनाइने फागु अर्थात् होलीका अवसरमा उपराष्ट्रपति पुनद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त […]

उपराष्ट्रपति कार्यालयमा चलचित्र र चलचित्रकर्मीका चर्चा (फोटोहरु)

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रुपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभएको छ । बुधबार व्राण्ड यू पिक्चर्स प्रालि र तारकेश्वर कला प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । ग्लोबल टेलिभिजनमा प्रशारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औँ भाग पूरा गरेको अवसरमा उपराष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले चलचित्र मानव जीवनको …

नेपाली पर्वहरूले सामाजिक सद्भावलाई मजबुत बनाएको छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वहरूले नेपालको सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लगेको बताउनुभएको छ । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्नुभएको छ । “हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक संस्कार, …

नेपाली मौलिकता जोगाउन संगीतको संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली गीत/संगीतलाई मौलिकता रहने गरी समयसापेक्ष विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबार विश्व संगीत दिवसको अवसरमा नेपाल संगीतिक संघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताउनुभएको हो । उहाँले नेपाली मौलिकता जोगाएर नेपाली संगीतको संरक्षण र विकास गर्नुपर्ने बताउनुभयो । […]

संगीतलाई मौलिकतासहित समयसापेक्ष विकास गर्न आवश्यक: उपराष्ट्रपति

उपराष्ट्रपति पुनले संगीत बिनाको जीवन कल्पना गर्न नसकिने भन्दै पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीकर्मीहरुले विदेशी संगीतलाई प्रतिस्थापन गरी नेपाली संगीतलाई स्थापित गर्न आवश्यक रहेको बताए।...

नेपालको कला विश्वकै चिनारी : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’ को उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताउँदै राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो …

ओलम्पिकमा पदक जित्ने लक्ष्य राख्नुपर्छ : उपराष्ट्रपति पुन

९ असार, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ओलम्पिकमा नेपालले पदक जित्ने लक्ष्य लिनुपर्ने बताएका छन् । त्यसका लागि नेपाली खेलकुद क्षेत्रले त्यसै अनुसारको योजना बनाउन आवश्यक रहेको उनको भनाइ छ । नेपाल ओलम्पिक कमिटीले बुधबार आयोजना गरेको ओलम्पिक डे २०२१ को कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले ओलम्पिक प्रतियोगितामा नेपाली खेलाडीको अहिलेसम्मको प्रदर्शनको समीक्षा गर्न सुझाव दिए […]