गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिद्वारा उपराष्ट्रपति यादवसँग भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले बुधबार भेटवार्ता गरेका छन् । सङ्घका कार्यकारी अध्यक्ष रविना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधित्वमा गएको प्रतिनिधिमण्डलले उपराष्ट्रपति समक्ष नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा, नेपालमा सहजै लगानीको वातावरण निर्माणलगायत विषयमा छलफल गरेको थियो । सो अवसरमा उपराष्ट्रपति यादवले गैरआवासीय नेपालीको लगानी विषयमा यथाशक्य छिटो समस्या समाधानका …

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले भोलि गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गर्ने

काठमाडौँ, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई भोलिदेखि नागरिकता वितरणको शुभारम्भ गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । भोलिबाटै गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ […]

टुङ्गियो गैरआवासीय नेपाली सङ्घको विवाद

काठमाडौ, असार ४ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आउँदो ११ औँ महाधिवेशन संयुक्त रूपमा आयोजना गर्ने सहमति गर्दै आपसी विवाद टुङ्ग्याएको छ। यसअघि भएको १० औँ महाधिवेशनपछि सङ्घ दुई समूहमा विभाजित भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा आइतबार दुवै पक्षबिच भएको छलफलमा चारबुँदे सहमति गर्दै एक भएको सङ्घले जानकारी दिएको छ। एकताको […]

गैरआवासीय नेपाली सङ्घमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण

काठमाडौं, २५ चैत्र । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन् । यसअघि […]

नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ।...

नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत

प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताउनुभयो । सङ्घको …

गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन्।

गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

–गणेश खनियाँगैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन् । जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान  भएको थियो ।निर्वाचन समितिका अनुसार कूल नौ हजार ३९४ मतदाता रहेकामा कूल सात हजार ७६७ मत खसेको थियो ।  नवनिर्वाचित पौडेलले तीन हजार ३८  र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गरेका छन्।

गैरआवासीय नेपाली पत्रकार महासङ्घ गठन

प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारले गैरआवासीय पत्रकार महासङ्घ गठन गरेका छन् । भर्चुअल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको भेलाले बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भागिरथ योगीको अध्यक्षतामा नौ सदस्यीय महासङ्घ गठन गरेको हो ।प्रवासी नेपालीको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँग सहकार्य गरी काम गर्ने बताइएको छ । महासङ्घले नेपालबाहिर भारतलगायत मुलुकमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारलाई पनि समेट्ने गरी आगामी ९० दिनभित्र सङ्घको विधान बनाई त्यसको १८० दिनभित

गैरआवासीय नेपाली सङ्घ जापानमा निर्वाचनमार्फत पदाधिकारी चयन

गैरआवासीय नेपाली सङ्घ जापानमा निर्वाचनमार्फत पदाधिकारी चयन भएका छन् । नयाँ नेतृत्व चयनका लागि दुईसाता लामो गृहकार्य सफल नभएर आइतबार भएको निर्वाचनमार्फत गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले नयाँ कार्यकालका लागि पदाधिकारी टुंगो लगाएको हो । सन् २०१७ देखि २०१९ का लागि काम गर्न इच्छा जनाएका उम्मेदवारबीच सहमति नभएका पदमा निर्वाचन भएको निर्वाचनले विजयी भएकाहरूले फराकिलो…