सूचना प्रविधिको सहायताले दैनिकी सहज बनाउने, कामलाई छिटो छरितो र कम लागतमै सम्पन्न गर्ने कुरा अब नयाँ विषय रहेन । इमेल इन्टरनेट, सामाजिक सञ्जाल, टेलिमेडिसिन, भर्चुअल बैठक र भर्चुअल काम लगायतका विषयमा नयाँ पुस्ता अभ्यस्त भइरहेको छ । यी काम र अभ्यासको बारेमा चर्चा गर्दा नयाँपनको झल्को आउँदैन । सूचना प्रविधिको क्षेत्रमा हरेक दिनजसो नयाँ–नयाँ आविष्कार र प्रयोग भइरहेको समयमा पछिल्लो समय च्याट जीपीटीले धेरैलाई सहजमात्रै होइन आश्चर्य र हैरान बनाइदिएको छ । गएको नोभेम्बर ३० तारिखमा सार्वजनिक भएको च्याट जीपीटीबारे सुरुम...