मकवानपुर – बाग्मती प्रदेश सभामा सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता भएकाे छ । सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले छुट्टाछुट्टैरूपमा सभामुखका लागि उम्मेदवारी दर्ता गरेको हो । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
सैंजुको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र गोसाईं र समर्थकमा गीता काफ्ले, अधिकारीको प्रस्तावकमा कांग्रेसकै कुन्दनराज काफ्ले र समर्थकमा राम...