'दलित' भएको थाहा पाएपछि कोठा भाडामा नदिने घरबेटी पक्राउ, यस्तो छ ऐनमा सजाय
इमेज टेलिभिजनकी पत्रकार रुपा सुनारलाई दलित भएको थाहा पाएपछि कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । ति महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका वडा ...
दाङ । दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका–१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ । पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नपा–७ पुल्तोला अछाम हाल घोराही–१७ मा बस्दै आएका महेन्द्र विक […]
काठमाडौं : दलित भएकै कारण कोठा भाडामा नदिने काठमाडौं की एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ।तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले आइतबार पक्राउ गरेको हो।वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर आइतबार पक्राउ गरिएको जानकारी दिए।आफ्नी आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन्। सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन्।
काठमाडौं । जातीय विभेद गर्ने काठमाडौंको बबरमहलकी एक घर धनीलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँकी २४ वर्षीय रूपा सुनारलाई जातका कारण कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको प्रहरीले जनाएको छ । कोठा दिने कुरा गरेकी घरबेटीले पछि रुपाको थर थाहा पाएपछि कोठा...
The post जातका आधारमा कोठा भाडामा नदिने घरबेटी पक्राउ appeared first on Purbeli News.
काठमाडौं। दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जात थाहा पाएपछि कोठा दिन्नँ भन्ने काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिएकी थिइन्। उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई आज पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर आइतबार पक्राउ गरी उनीविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाइएको हो।