धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ। सेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४.७० अङ्कले ओरालो लागेर दुई हजार ५५६.९५ मा ओर्लेको छ। यस्तै ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ अङ्कले घटेर ४८३.३९ मा ओर्लेको छ।