काठमाण्डौ – एक वर्षमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिका एक सय १२ परिवारका सदस्यले वैदेशिक रोजगार बोर्डमार्फत स्वास्थ्य उपचार खर्च पाएका छन् ।
वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई गम्भीर बिरामी पर्दा उपचार खर्च उपलब्ध गराउँदै आएको बोर्डले गएको आर्थिक वर्ष २०७९/०८० मा एक सय १२ परिवारका सदस्यलाई ५६ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको हो ।
वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारका सदस्य गम्भीर बिरामी वा दीर्घकालीन रोग लागेमा बोर्डले ५० हजार रुपैयाँसम्म आर्थिक सहायता प्रदान गर्छ । यो आर्थिक सहायता क्यान्सर,...