ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार बराबरको बजेट पारित गरेको छ । महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट पारित गरेको हो ।महानगरले चालू वर्षका लागि स्थानीय तह निर्वाचन २०७९ पछि नगरसभामा सहजीकरण गर्न र योजना तर्जुमा प्रकृयामा क्षेत्रगत संलग्नताको कानूनी व्यवस्था बमोजिम विभिन्न सात वटा समिति गठन गरेको छ । यस्तै, महानगरपालिकाले अघिल्लो कार्यकालमा पुरा हुन बाँकी रहेका आयोजनालाई निरन्तर दिनेगरी प्राथमिकतामा राखेको छ । सांस्कृतिक नगर भएकाले महान