गर्मी मौसम सुरु भएसँगै झाडापखालाले धेरैलाई सताउँछ । उच्च तापक्रमका कारण खाना र पानी छिट्टै दूषित हुने हुँदा जाडोको तुलनामा गर्मीमा झाडापखाला बढी लाग्ने सम्भावना हुन्छ । गुणस्तरहीन पानी उपभोग गर्दा त्यसमा भएको सूक्ष्म जीवाणु शरीरभित्र प्रवेश गर्छन् । जसले हैजा फैलाउने सम्भावना अधिक हुन्छ । परिवर्तित जीवनशैलीका कारण पनि झाडापखाला बढी लागेको देखिन्छ । […]