उपत्यकामा झाडापखाला फैलिने खतरा, सबै ठुला अस्पतालमा बिरामी भर्ना

काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ । हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्।तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन् । मेडिकलबाट ल्याइएको औषधि खाएर सुधार आउन नसकेपछि र शरीर शिथिल भएपछि मात्रै झाडापखालाका बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरूको भनाइ छ।गर्मी मौसम सुरु भएदेखि दैनिक केही संख्यामा झ