नेपाली काँग्रेसले आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुनु बागी उम्मेदवारलाई अनुरोध गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गरी बागीलाई आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी गराउन सहयोग गर्न आग्रह गरेको हो । पार्टीबाट विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यलाई आफ्नो उम्मेदवारीप्रति पुर्नविचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित