सहकारीका बचतकर्तालाई ठग र दलाल भनेपछि वकिलले इजलासमै कुटाई खाए
सहकारीका वचतकर्तालाई ठग र दलाल भनेपछि सहकारी ठगी मुद्दामा पक्राउ परेका सिभिल ग्रुपका संस्थापक अध्यक्ष इच्छाराज तामाङका वकिलले अदालतको इजलासमै कुटाई खाएका छन् ।
काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासमा ...
काठमाडौं । सिभिल ग्रुपका इच्छाराज तामाङविरुद्ध सहकारी ठगी मुद्दाको सुनुवाइको क्रममा इजलासमा लफडा भएको हो । माधवप्रसाद मैनालीको एकल इजलासमा सुनुवाइ भइरहँदा इच्छाराजका वकिलले बोलेको कुरालाई लिएर विवाद भएको हो । तामाङका वकिलले बहसको क्रममा ‘सहकारीमा पैसा जम्मा गर्नेहरू पनि ठग र दलाल’ हुन् भनेपछि पीडितहरू वकिलमाथि खनिएका थिए । लफडा परेपछि प्रहरी बोलाएर स्थिति […]
काठमाडौं । अमेरिकी एक्टिभिष्ट लगानीकर्ता हिन्डेनबर्ग रिसर्चबीचले भारतीय व्यापारी गौतम अदानीलाई कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो ठग भन्दै विभिन्न आरोपहरू लगाएपछि अदानी समूहका कम्पनीहरूले गएको हप्ता अर्बौं रुपया बराबरको बजार पूँजीकरण गुमाए । हिन्डेनबर्गले अदानी समूहका केही ठूला कम्पनीहरूको ऋणमाथि औंला उठाएका थिए ।
सोही कारण अदानीका कम्पनीहरूमा लगानी रहेको भारतको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्सुरेन्स कर्पोरेशन (एलआईसी)को शेयर मूल्य घट्यो । लगानीकर्ताहरू अत्तालिएर आफूसँग भएको शेयर धमाधम बेचे । कम्पनीहरूको बोक्नै नसक्ने कर्जा दलाल स्ट्रिटको लागि भने नौलो कुरा होइन ।
अदानी समूहमा कर्जाको स्तर निकै धेरै छ । अदानी समूहका धेरैजसो कम्पनीहरूले ऋण तिर्न प्रयोग गर्न सक्ने गरी फ्रि क्याश बनाउन नसकेको हिन्डेनबर्गको भनाई छ । समूहका ४ कम्पनीमध्ये अदानी ग्रिन इनर्जी, अदानी टोटल ग्यास, अदानी ट्रान्समिसन र अदानी इन्टरप्राइजेजको फ्रि क्याश फ्लो नकारात्मक थियो । अदानी ग्रिन र अदानी इन्टरप्राइजेजको नकारात्मक फ्रि क्याश फ्लो क्रमशः १ खर्ब ४६ अर्ब ८५ करोड भारतीय रुपया र १ खर्ब २० अर्ब ४२ करोड भारतीय रुपया छ ।
अदानी समूहलाई भारतीय बैंकिङ क्षेत्रले भारी कर्जा दिएका छन् । कर्जासम्बन्धी हल्लाखल्लाका कारण लगानीकर्ताहरू त्रस्त बनेपछि सीएलएसए एशियाले अदानी समूहलाई दिएको कर्जाले भारतीय बैंकिङ क्षेत्रलाई हुन सक्ने सम्भावित जोखिमको विश्लेषण गरेको थियो ।
अदानीको कूल ऋण २१ खर्ब रुपया छ । अन्तर समूह कर्जाबाहेकको कर्जा १९ खर्ब रुपया छ । शीर्ष तीन कम्पनीको ऋण मात्रै ३ खर्बदेखि ४ खर्ब रुपयाबीच छ । उक्त समूहलाई निजीको तुलनामा सरकारी क्षेत्रका बैंकले दिएको ऋण धेरै छ । निजी क्षेत्रका बैंकहरू खासै प्रभावित हुने देखिन्न ।
आर्थिक वर्ष (आव) २०२४ को कर्जा र नेटवर्थमा निजी क्षेत्रका बैंकहरूको एक्सपोजर क्रमशः शून्य दशमलव प्रतिशत र १ दशमलव ५ प्रतिशत रहने सीएलएसएको विश्लेषणले देखाएको छ । तर, सरकारी बैंकहरूको एक्सपोजर क्रमशः शून्य दशमलव ७ प्रतिशत र ७ प्रतिशत छ ।
गएको ५–६ वर्षमा समूहले कर्जालाई विविधीकृत गरेको थियो भने कर्जामा भारतीय बैंकहरूको अनुपात पनि आव २०१६ को ८६ प्रतिशतबाट घटाएर आव २०२२ मा ३३ प्रतिशतमा झारेको जेफ्रीजले बताएको छ । अदानी समूहको ऋणले भारतको बैंकिङ क्षेत्रलाई भौतिक क्षति भने नरहेको जेफ्रीज र सीएलएसएको अनुमान छ । तर, हिन्डेनबर्गको रिपोर्टले नियामक र शीर्ष बैंकलाई सर्तक बनाएको छ । एजेन्सी
दोहा– साउदी अरबमा पछिल्लो समय नेपाली ठगहरुले नेपाली कामदारहरुलाई विभिन्न बहानामा ठग्ने क्रम बढेको भन्दै रियादस्थित नेपाली दूतावासले ठगहरुबाट बच्न त्यहाँ कार्यरत नेपालीहरुलाई आग्रह गरेको छ । दूतावासमा उजुरी परेर अभियुक्त कसैको पनि नाम नलिई अमुक ठग, दलाल र कमिशनखोरहरूलाइ इंगित गर्दै उनीहरुबाट जोगिन नेपाली समुदायलाइ सचेत गराएको हो । दूतावासले एक सूचना जारी बेखर्ची […]
नेपाली काँग्रेस, रामेछाप–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा जग्गा दलाली काण्ड र जिल्लाका अधिकांश नेता ठगिएको रहस्य पटाक्षेप भएको छ ।
चैत २८ गते समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वमन्त्री मीनेन्द्र रिजालको सामुन्ने नेताहरू ...
साईप्रस । साईप्रस नेपाली एकता समाजले अवैतनिक वाणिज्य दूतावास निकोसियालाई ज्ञापन पत्र बुझाएको छ । सोमबार समाजका अध्यक्ष देवेन थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले साइप्रसस्थित नेपालीहरुको समस्याबारे जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको हो ।
उपाध्यक्ष चन्द्रबहादुर ओली र कविता पाख्रिन, सदस्य ईश्वरबहादुर घर्ती, छविका मगरसहितको टोलिले साईप्रसस्थित नेपालीको समस्याका बारेमा अवैतनिक वाणिज्य राजदूत डा. रामजीवन पन्जियारसँग छलफल भएको समाजकी उपाध्यक्ष कविता पाख्रिनले जानकारी दिनुभयो ।
अवैतनिक वाणिज्य दूतावासलाई साईप्रसस्थित सम्पूर्ण सरोकारवाला, नेपाली संघ संस्थाहरुको सहकार्यमा जनचेतनामुलक कार्यक्रम गर्न समेत समाजले आग्रह छ।
भेटघाटको क्रममा यी विषयमा छलफल भएका थिए
१. कानुनी त हामीसँग हुनुपर्ने स्वतन्त्र अधिकार हुने दस्ताहरू स्वयम् आफूसँग छैनन् । एक वर्ष हुँदासम्म पनि भिसा,आफ्नो राहदानी पासपोर्ट कामदारसँग छैन ।
२. रोजगारदाताबाट खाना भनेजस्तो दिएका हुँदैनन्, सम्झौतापत्रमा सहमति गरिएको समयभन्दा धेरै काम गर्नुपर्ने, काम छोड्नुपर्ने परिस्थिति आएमा निजको राजीखुसी जान नमिल्ने नेपाल फिर्ता पठाइदिनेजस्ता धम्की दिएर रिलिज पेपरसम्म रोजगारदाताबाट नदिने, कैयौँ चेलीहरूको भिसा नै नलागेको त्यसकारण उनीहरू अत्यन्त दयनीय अवस्था रहेको त्यसको सहज र लिगल प्रावधान के ?
साइप्रसको धेरैजसो प्रान्तहरूमा पैसाको ठगी हुँदै छ । ती ठग र दलालहरू यी विभिन्न रूपमा भेटिने गरेका छन् : साथी बनेर, दिदीबहिनी, दाजुभाइ बनेर, विदेश पठाउँछु भनेर, काम मिलाइदिन्छु भनेर, कोठा मिलाइदिन्छु भनेर । यसैगरी अन्य धेरै प्रकारका प्रलोभन दिएर साइप्रसमा ठगी बढ्दै छन् । पीडितलाई न्याय, ठग, दलाल, चोरलाई साइप्रस कानुन प्रावधानअन्तर्गत दण्ड, कार्यवाही गरी नेपालीलाई सहयोग गर्न अनुरोध गरेको छ ।
३. वैदेशिक रोजगारीको लागि सम्बन्धित देश जाँदा गरिने श्रमस्वीकृतिको म्याद सकिएयता कति वर्ष वा महिनासम्म श्रमस्वीकृतिको अविध हुन्छ । नेपालबाट गरिएको श्रमस्वीकृतिको म्याद सकिए श्रम स्वीकृति कसरी पुनः थप गर्न सकिन्छ ? त्यसका लागि आवश्यक दस्तावेज के के हुन् ?
४. नेपालबाट साइप्रस आउँदा गरिएको श्रमस्वीकृति निजले आफ्नो राजीखुसीबाट काम परिवर्तन गरी अर्को कम्पनी, होटल, रेस्टुरेन्ट वा घरमा नोकरी खोज गरी काम सरुवा गरेमा त्यो नेपालबाट आउँदा गरिएको श्रमस्वीकृति मान्य हुन्छ कि हुँदैन ।हुँदैन भने त्यसको कानुन ...
संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले अवैध रूपमा कामदार ओसारपसार गर्ने ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ। दूतावासले उनीहरूलाई कारबाही गर्न पनि सिफारिस गरेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। सार्वजनिक सूचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने व्यक्तिसमेत छन्। अवैध रूपमा घरेलु कामदारका रूपमा र काम खोज्दै…
संयुक्त अरव इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले गैरकानुनी ढंगले कामदार ओसारपसार गर्ने ५१ जना दलाल, ठग र मानवतस्करलाई कारबाही गर्नको लागि सार्वजनिक गरेको छ । जसमा ट्राभल एजेन्सी समेत छन् ।