युएईस्थित नेपाली दूतावासद्वारा ५१ मानव तस्करको नाम सार्वजनिक [सूचीसहित]
संयुक्त अरव इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले गैरकानुनी ढंगले कामदार ओसारपसार गर्ने ५१ जना दलाल, ठग र मानवतस्करलाई कारबाही गर्नको लागि सार्वजनिक गरेको छ । जसमा ट्राभल एजेन्सी समेत छन् ।
नेपाली दूतावास युएईले भिजिट भिसाको नाममा ठगी गरी मानव तस्कर गर्ने ५१ जना दलालहरुको नाम सार्वजनिक गरेको छ। दूतावासले सोमबार प्रेस विज्ञप्तिमार्फत २०७४ साउनदेखि हालसम्म मानव तस्कर गर्ने दलालहरुको फोन नम्बरसहित नामावली सार्वजनिक गरेको हो।