बजेट कार्यान्वयन हुनेमा शंका नगर्न अर्थमन्त्री पौडेलको आग्रह

अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय-व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको स्पष्ट पारेका हुन् ।

सम्बन्धित सामग्री

गण्डकीको बजेटप्रति प्रतिपक्षको टिप्पणी : बजेट छरपष्ट, परिणाम आउनेमा शंका

गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुनेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आशंका व्यक्त गरेको छ । बजेटका सम्बन्धमा रातोपाटीसँग कुरा गर्दै नेकपा एमालेका प्रदेशसभा सदस्य मायानाथ अधिकारीले यो बजेट छरपष्ट भएको टिप्पणी गरे । ‘जाने जति र सुनेजतिका योजना हालिएको छ,’ उनले भने, ‘पहिलो कुरा, यो बजेट कार्यान्वयन हुन सक्दैन, कार्यान्वयन भएपनि यसले परिणाम राम्रो दिँदैन ।’ प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले बुधबार ३५ अर्ब ९० कर

बजेट कार्यान्वयनको नियमन गर्न विज्ञको सुझाव

काठमाडौं । सरकारले ल्याउने बजेटहरू प्रभावकारी रूपमा कार्यान्वयनमा जान नसकेको र यो प्रवृत्ति आगामी वर्ष समेत दोहोरिने खतरा रहेको भन्दै विज्ञहरूले अर्थमन्त्री विष्णु पौडेललाई बजेट कार्यान्वयनको नियमन गर्न सुझाव दिएका छन् । बजेट कार्यान्वयनका चुनौती र तिनका समाधानका विषयमा सोमवार भएको भर्चुअल छलफल कार्यक्रममा निजीक्षेत्रका प्रतिनिधि, पूर्व अर्थसचिव लगायतले उक्त सुझाव दिएका हुन् । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले बजेट कार्यान्वयनको अवस्थाको मासिक रूपमा समीक्षा गर्न र आवश्यकता अनुसार पृष्ठपोषण प्रदान गर्न सरकार र निजीक्षेत्र सम्मिलित समिति बनाउनुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले वास्तविक रूपमा बजेट कार्यान्वयन भए/नभएको नियमन हुनुपर्नेमा जोड दिए । कोरोनाविरुद्धको खोप नलगाएसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै मल्लले त्यसका लागि सबैलाई खोप उपलब्ध गराउनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले वाणिज्य बैंकको तरलता ‘मेन्टेन’ गर्न सके बजेटको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने धारणा राखे । अर्थतन्त्र चलायमान बनाउन कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । पूर्वअर्थसचिव शान्तराज सुवेदीले आगामी आवको स्रोत व्यवस्थापनमा चुनौती रहेको औंल्याए । वैदेशिक सहायता परिचालनमा गाह्रो हुनेतर्फ संकेत गर्दै सुवेदीले आयोजना कार्यान्वयनको समस्या तथा सुशासनको पनि चुनौती हुन सक्ने भएकाले यसलाई बेलैमा सम्बोधन गर्नुपर्नेमा जोड दिए । सरकारले ठोस पहलकदमी लिन्छ : अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि सरकारले ठोस पहलकदमी लिने बताएका छन् । आगामी आर्थिक वर्षका निम्ति ल्याइएको बजेट कार्यान्वयन हुनेमा शंका नगर्न अनुरोध गरे । ‘बजेटको कार्यान्वयन र निर्वाचनको विषय सँगसँगै अगाडि बढ्छ । एउटा छोड्नुपर्ने र एउटा समाउनुपर्ने विषय होइन । यी दुवै एकैसाथ बढाउनुपर्ने विषय हुन् । सरकारलाई निरन्तरतामा बुझ्नुपर्छ,’ उनले भने, ‘वर्तमान सरकार बजेट कार्यान्वयनका निम्ति संकल्पबद्ध छ र यो बजेट कार्यान्वयन हुन्छ भन्ने मान्यतामा विश्वास गर्दछ ।’ अर्थमन्त्री पौडेलले सरकारले बजेटमा ल्याएको ढुंगा, गिटी निकासी सम्बन्धी व्यवस्थाको बचाउ समेत गरे । सरकार चुरेको संरक्षणमा प्रतिबद्ध रहेको भन्दै उनले चुरे क्षेत्रमा कुनै पनि प्रकारका उत्खनन नहुने दाबी गरे । कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि तय गरिएका विभिन्न कार्यक्रमले मौद्रिक नीति र मौद्रिक व्यवस्थापनलाई असर पार्ने भन्दै त्यसले चुनौती समेत सृजना गर्ने बताए । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि विभिन्न सरोकारवालासँग छलफल शुरू गरिसकेको अवस्थामा राष्ट्र बैंकले पनि वित्तीय क्षेत्रका काम प्रभावकारी बनाएर लैजान ‘टास्क फोर्स’ गठन गरेर काम शुरू गरिसकेको उनको भनाइ छ ।

बजेट कार्यान्वयनको जिम्मा सरकारले लिन्छ : अर्थमन्त्री

जेठ १७, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनको जिम्मा सरकारले लिने बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८/ ७९ को बजेटका विषयमा सोमवार गरेको छलफलमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन हुने भएकाले कुनै शंका नगर्न पनि भनेका छन् ।  साथै उनले संविधानको प्रावधान अनुसार नै बजेट आएको र कार्यान्वयन भएरै छाड्ने पनि बताए । उनले भने, ‘सरकारले जसरी बजेट बनायो, कार्यान्वयन त्यसैगरी हुन्छ, द्विविधा नराख्नुस ।’ उनले विभिन्न मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गरी बजेट कार्यान्वयनलाई तीव्रता दिने तयारी गरिरहेको पनि बताए । उनले निर्वाचनपछि पनि आफूहरुले नै सरकार बनाउने र बजेट कार्यान्वयन हुने बताएका छन् ।  उनले बजेटबारे अहिले विरोधका लागि मात्र विरोध भइरहेको भन्दै तथ्यमा रहेर विरोध गर्ने कुनै विषय विपक्षीसँग नरहेको दाबी गरे । उनले रहरका कारण नभई परिस्थितिले चुनावमा जानुपरेको भन्दै  सरकारले बजेट ल्याउनु पर्ने नियमित अभिभाराबाट अलग बस्न नमिल्ने पनि बताए ।

अर्थमन्त्री विष्णु पाैडेलको पत्रकार सम्मेलन सिंहदरवारबाट प्रत्यक्ष प्रसारण

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको बजेट संवैधानिक व्यवस्थाअनुसार नै आएको बताएका छन्। आज बजेटमाथि छलफल गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संवैधानिक प्रावधानअनुसार नै सरकारले बजेट ल्याएको उल्लेख गरे। भने, ‘जेठ १५ गते बजेट ल्याउनैपर्ने व्यवस्थाअनुसार बजेट ल्याइएको हो। १५ गते जसरी पनि पूर्ण बजेट ल्याउनुपर्छ।’