बजेट कार्यान्वयनको जिम्मा सरकारले लिन्छ : अर्थमन्त्री

जेठ १७, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनको जिम्मा सरकारले लिने बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८/ ७९ को बजेटका विषयमा सोमवार गरेको छलफलमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन हुने भएकाले कुनै शंका नगर्न पनि भनेका छन् ।  साथै उनले संविधानको प्रावधान अनुसार नै बजेट आएको र कार्यान्वयन भएरै छाड्ने पनि बताए । उनले भने, ‘सरकारले जसरी बजेट बनायो, कार्यान्वयन त्यसैगरी हुन्छ, द्विविधा नराख्नुस ।’ उनले विभिन्न मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गरी बजेट कार्यान्वयनलाई तीव्रता दिने तयारी गरिरहेको पनि बताए । उनले निर्वाचनपछि पनि आफूहरुले नै सरकार बनाउने र बजेट कार्यान्वयन हुने बताएका छन् ।  उनले बजेटबारे अहिले विरोधका लागि मात्र विरोध भइरहेको भन्दै तथ्यमा रहेर विरोध गर्ने कुनै विषय विपक्षीसँग नरहेको दाबी गरे । उनले रहरका कारण नभई परिस्थितिले चुनावमा जानुपरेको भन्दै  सरकारले बजेट ल्याउनु पर्ने नियमित अभिभाराबाट अलग बस्न नमिल्ने पनि बताए ।

सम्बन्धित सामग्री

बजेट कार्यान्वयन हुँदैन कि भन्नेमा आशङ्का नगरौँ : अर्थमन्त्री

सरकारले बजेटका लक्ष्यसमेत स्पष्ट गरिएकाले कार्यान्वयन हुने दाबी गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तुत गरिएका विषयहरू कार्यान्वयन हुँदैन कि भन्ने आशङ्का नगर्न आग्रह गर्नुभयो । बजेट भनेको बहुआयामिक विषय भएको बताउँदै अर्थमन्त्रीले भन्नुभयो, “बजेट गाउँको बाटोमात्रै होइन, गाउँको […]

अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको छु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ...

८० प्रतिशत बजेट कार्यान्वयन गर्न अर्थमन्त्री बरालको निर्देशन

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले चालू आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले सीमित स्रोत साधनको अधिकतम प्रयोग गरी न्यूनतम ८० प्रतिशत बजेट कार्यान्वयन हुने गरी काम गर्न प्रादेशिक कार्यालयलाई निर्देशन दिए ।कठिन अवस्थाको […]

बजेट कार्यान्वयन कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, असोज ११ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलमा अर्थमन्त्री शर्माले आ–आफ्नो जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको हो । बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थमन्त्रायबाट सम्पादन हुने कार्यहरुमा कुनै […]

अर्को बजेट ल्याउने हतारमा छैनन् अर्थमन्त्री

३० असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन हुने साउन १ को तीन दिनअघि नयाँ सरकार बनेपछि अध्यादेशबाट ल्याएको बजेट के हुन्छ भन्ने प्रश्न उठेको छ । तर, संसद विघटन गरेर अध्यादेशमार्फत ल्याएको बजेट स्वीकार गर्न शेरबहादुर देउवा नेतृत्वको सरकार अर्थमन्त्री जनार्दन शर्मालाई सहज छैन । अर्थमन्त्री शर्मा हतारमा नयाँ बजेट ल्याइहाल्ने […]

सहज छैन बजेट कार्यान्वयन

संस्थागत तथा संरचनागत समस्या, कानुनी जटिलता तथा बजेटमा कार्यक्रम राखिहाल्ने तर त्यसलाई कसैले पनि जिम्मेवारी नलिने प्रवृत्तिलगायत विविध कुरामा सुधार नभएसम्म बजेट कार्यान्वयनमा चुनौती देखिने भएको छ । आगामी वर्षका लागि सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ । आकारका हिसाबले ठूलो बजेट भएकाले पनि कार्यान्वयनमा चुनौती थपिएको छ ।अर्थमन्त्री विष्णु पौडेल भने […]

हामी बजेट कार्यान्वयन गरेर देखाउँछौँ: अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनका लागि आएको बताएका छन्। अर्थमन्त्री पौडेलले भने, ‘बजेटको विषयमा धेरै प्रतिक्रिया सकारात्मक आएका छन्। यसले मलाई उत्साहित बनाएको छ । कतिपयले कार्यान्वयन हुन नसक्ने भनेर भनेको पनि सुनेको छु। यो विषयमा म प्रष्ट भन्न चाहन्छु बजेट सुनाउनका लागि होइन कार्यान्वयनका लागि ल्याइएको हो।’ पौडेलले बजेट कार्यान्वयन गरेर देखाउनेसमेत […]

बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल

काठमाडौं / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार सिंहदरबारबाट पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले कार्यान्वयनमा कुनै दुविधा नहुने बताए । अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको बताए । The post बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल appeared first on Purbeli News.

बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन सिंहदरबारबाट पत्रकार सम्मेलन गरेका मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएको कार्यान्वयनमा कुनै दुविधा नहुने बताए । सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको बताए ।