काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभा विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभएको छ । बिहीवार चार कम्युनिस्ट पार्टीको रणनैतिक संयुक्त मोर्चा घोषणा कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रतिनिधि सभा विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभएको हो ।सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भए पनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उहाँको भनाइ छ । उहाँले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाइदा लिन वैदेशिक प्रतिक्रिया...