इन्टरनेसनल चेम्बर अफ कमर्सको वार्षिक साधारणसभालाई बुधवार सम्बोधन गर्दै भारतका विदेशसचिवले चीनको उदयलाई स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् ।
सन् १९८८ मा चीनसँगको सम्बन्ध पुनः शुरू गर्नुमा व्यापारिक, वाणिज्यिक, वैज्ञानिक र प्राविधिक सम्बन्ध तथा जनस्तरको सम्पर्क बढाउने भारतको उद्देश्य रहेको उनले बताए ।
चीन भारतको आर्थिक सहयोगी रहिरहेको तर आपूर्ति शृंखला र लगानी सहकार्यमा भारत चीनभन्दा तल परेको विषयलाई मूल्यांकन गर्नुपर्ने शृंगलाको भनाइ छ । तर यससँगै रणनीतिक र सुरक्षा चासोलाई पनि विचार गर्नुपर्ने उनले बताए ...