कालीगण्डकी नदीमा हामफाली ३५ वर्षीय पाण्डे बेपत्ता

गुल्मी : जिल्लाको कालीगण्डकी गापा-१ हर्मिचौरका ३५ वर्षीय टेकराज पाण्डे कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएका छन्।गुल्मी र स्याङजाको संगमस्थल रेप्कामा रहेको मोटरेबल पुलबाट शुक्रबार दिउँसो कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।पाण्डेको खोजीका लागि स्थानीय र प्रहरी परिचालन भएको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।नदीमा हाम फाल्नुको कारण नखुलेको र खोजी भइरहेको खरेलले बताए। 

सम्बन्धित सामग्री

कालीगण्डकीमा बेपत्ता दिदीबहिनीको शव फेला

कालीगण्डकी नदीमा बेपत्ता भएका दिदीबहिनीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार शनिबार साँझदेखि बेपत्ता भएकी बौदीकाली ३ निवासी रेवत सारुमगरकी १४ वर्षीया छोरी नरिना र १७ वर्षीया लक्ष्मी बौदीकाली गाउँपालिकास्थित कालीगण्डकी नदी र बौदीकाली खोलाको दोभानमा मृत फेला परेकी हुन् ।

कालीगण्डकीमा बेपत्ता युवक पाँच दिनपछि मृत फेला

पाल्पा - कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् ।  रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए । खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर–४ वडभानस्थित कालीगण्डकी नदी कि...

म्याग्दी नदीले बगाएर एकजना बेपत्ता

काठमाडौं : म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा नदीले बगाएर एक जना बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई हिजो साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।   नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ। राई तीन वर्षदेखि तातोपानीमा ट्याक्टर चलाउने काम गर्दै आएका थिए। म्याग्दी र कालीगण्डकी नदी

कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङका दुई जना बेपत्ता

साउन १४, बागलुङ । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका दुई जना बालक बेपत्ता भएका छन् । बिहीवार दिउँसो १ बजे बागलुङ नगरपालिका वडा नम्बर १ को निरयाट (कालीगण्डकी नदी किनार) मा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षिय अभिषेक विक र १३ बर्षिय यमबहादुर पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीले बताए । पौडी खेलिरहेका एक जनालाई बगाए पछि बचाउने क्रममा दुवै बालक बेपत्ता भएको जिप्रका बागलुङका प्रनाउ हवारीले बताए । बेपत्ता भएका अभिषेक रुद्रेपिपल माविमा कक्षा ७ मा अध्ययरत छन् भने यमनले ओयसिस एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छन् । उनीहरुसँगै पौडी खेल्न गएका ११ बर्षीय प्रश्न विक र ११ बर्षीय भिषण पुन भने सकुशल छन् । बेपत्ता दुई बालकको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना नेतृत्वको विपद व्यवस्थापन टिमले खोजी कार्य जारी राखेको डिएसपी हवारीले बताए ।