कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङका दुई जना बेपत्ता

साउन १४, बागलुङ । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका दुई जना बालक बेपत्ता भएका छन् । बिहीवार दिउँसो १ बजे बागलुङ नगरपालिका वडा नम्बर १ को निरयाट (कालीगण्डकी नदी किनार) मा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षिय अभिषेक विक र १३ बर्षिय यमबहादुर पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीले बताए । पौडी खेलिरहेका एक जनालाई बगाए पछि बचाउने क्रममा दुवै बालक बेपत्ता भएको जिप्रका बागलुङका प्रनाउ हवारीले बताए । बेपत्ता भएका अभिषेक रुद्रेपिपल माविमा कक्षा ७ मा अध्ययरत छन् भने यमनले ओयसिस एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छन् । उनीहरुसँगै पौडी खेल्न गएका ११ बर्षीय प्रश्न विक र ११ बर्षीय भिषण पुन भने सकुशल छन् । बेपत्ता दुई बालकको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना नेतृत्वको विपद व्यवस्थापन टिमले खोजी कार्य जारी राखेको डिएसपी हवारीले बताए । 

सम्बन्धित सामग्री

कालीगण्डकीमा बेपत्ता युवक पाँच दिनपछि मृत फेला

पाल्पा - कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् ।  रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए । खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर–४ वडभानस्थित कालीगण्डकी नदी कि...

गर्मीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुनेको सङ्ख्या बढ्यो

पाल्पाको कालीगण्डकी नदी र तिनाउ नदीमा पौडी खेल्दा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको छ। पौडी खेल्न पोख्त नभएका र साथीभाइको लहैलहैमा पौडिन खोज्दा नदीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको हो।