नवलपरासीमा वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार बढी विजयी

नवलपरासी । पश्चिम नवलपरासीमा वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार बढी विजयी भएका छन् । अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार कांग्रेस सबै भन्दा बढी वडामा विजयी भएकाे छ। पश्चिम नवलपरासीमा ७ स्थानीय तहमा ७४ वडा रहेका छन् । आज (मंगलबार) बिहानसम्म ४० वडाको मत परिणाम सार्वजनिक भएकाे छ । सार्वजनिक मत परिणाममा १७ वडामा नेपाली कांग्रेस […]

सम्बन्धित सामग्री

तुलसीपुर १५ जिताउन नसकेको भन्दै माओवादी वडा अध्यक्षले दिए राजीनामा

नेकपा माओवादी केन्द्र दाङको तुलसीपुर उपमहानगर १५ वडा अध्यक्ष देवबहादुर बस्नेतले राजीनामा दिएका छन् । उपमहानगर १५ नम्बर वडा अध्यक्षका उम्मेदवार नवराज पुनलाई निर्वाचित गराउन असफल भएको भन्दै पार्टी वडा अध्यक्ष बस्नेतले नगर कमिटी अध्यक्षलाई राजीनामा बुझाएका हुन् ।पार्टी उम्मेदवार जिताउन दिन रात लागेपनि नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि राजीनामा बुझाएका हुन् । सोही वडा अध्यक्षमा एमालेका लक्ष्मण चौधरी विजयी भएका छन् । चौधरीले १६०८ मत ल्याएर विजयी भएका छन् भने माओवादीका पुनले १५२४ मत ल्याएर पराजित भएका

फिल्म निर्देशक घिमिरेले घोराही-४ को वडाध्यक्षमा विजयी

फिल्म निर्देशक मुनाल घिमिरेले (मधु सुदन शर्मा) वडा अध्यक्षमा विजयी भएका छन् । एमालेबाट उम्मेदवार बनेका उनी दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ को वडा अध्यक्षमा विजयी भएका हुन् ।घिमिरेले १५२५ मत ल्याएर विजयी हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण जि.एमले १४३३ मत प्राप्त गरे । घिमिरेले आफू वडा अध्यक्षमा विजयी भएको सामाजिक संजाल फेसबुक मार्फत समेत सार्वजनिक गरेका छन् । उनले लेखेका छन् ‘ मलाई अमूल्य मत दिएर ४ नम्बरको वडा अध्यक्ष बनाउनु भएकोमा सम्पुर्ण मतदाताप्रति आभा

‘चपली हाइट’ हिरो गोदावरी नगरपालिका –३ को अध्यक्षमा विजयी

अभिनेता राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्षमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका उनी १०५९ मत सहित विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्धोन्दी  नेकपाका राम आचार्यले १०४९ मत प्राप्त गरेका छन् । घिमिरे अघिल्लो स्थानीय निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।घिमिरेले केही अगाडि आफुले वडा अध्यक्ष चुनाव जितेमा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा समेत गरेका थिए । उन

गौरादह १ मा एमालेको प्यानल विजयी

झापा : गौरादह नगरपालिका १ मा वडा अध्यक्षसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ।नेपाली कांग्रेसका इन्द्र गौतमलाई पराजित गर्दै एमालेबाट उम्मेदवार बनेका नगेन्द्र भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका हुन्। भण्डारीले १९९३ र गौतमले १७३१ मत ल्याएका छन्।भण्डारी सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन्। त्यस्तै वडा सदस्यहरूमा एमालेका अन्जु निरौला, लक्ष्मी विक, केशर बहादुर खवास र जमुन राई निर्वाचित भएका छन् ।

बेलौरी नगरपालिका-२ को अध्यक्षमा एमालेका चौधरी विजयी

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नम्बर २ मा नेकपा एमालेका कुलबीर चौधरीले जितलाई निरन्तरता दिएका छन्। अघिल्लो निर्वाचनमा पनि वडा अध्यक्ष निर्वाचित उनी यस पटक फेरि वडाध्यक्ष भएका छन्।अध्यक्षमा चौधरीले १ हजार २१ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका झकबहादुर सिरिसले ९२५ मत ल्याएका छन्। यस वडामा काँग्रेसका राजबहादुर चौधरीले ५ सय ३१ मत ल्याएका छन्।बेलौरी नगरपालिका वडा नम्बर १ र १० को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।

गोकर्णेश्वर नगरपालिका वडा नं १ एमालेको पोल्टामा

गोकर्णेश्वर नगरपालिका वडा नं १ को अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ १४२८ मत प्राप्त गरी विजयी भएका छन् । विजयी उम्मेदवार श्रेष्ठले काँग्रेसका राम मानन्धरलाई ४९८ मतान्तरले हराएका छन्। निवर्तमान वडा अध्यक्ष मानन्धरले मात्र ९३९ मत प्राप्त गरेका थिए।  २०७४ सालको स्थानीय चुनावमा वडा नं १ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएकोमा यसपटक भने निर्वाचनको  सो परिणाम उल्टिएर  एमालेको पोल्टामा परेको छ। यसपटकको स्थानीय तह निर्वाचनमा भने १ नं वडामा एमालेको प्यानल नै विजयी भएको छ ।ग

रुपन्देहीको शुद्धोधन–१ बाट जसपाले खाता खोल्यो, एक मतले गडेरिया विजयी

३१ वैशाख, बुटवल । रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपा नेपालका उदयराज गडेरिया (बाबुराम पाल) एक मत अन्तरले विजयी भएका छन् । गडेरियाले ९९२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर यादवले ९९१ पद पाएका छन् । एमालेका उम्मेदवार कृष्णबहादुर गौतम क्षेत्रीले […]

माओवादीले डोल्पाबाट खाता खोल्यो, जगदुल्ला गाउँपालिकामा नारासिं विजयी

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादीबाट नारासिं रोकाय, उपाध्यक्षमा अमृता लामा र यो गाउँपालिकाको तीन वटा वडा अध्यक्ष माओवादीले विजयी भएका हुन्। माओवादीका उम्मदेवार रोकायले ७७० मत ल्याएर विजयी भए भने त्यस्तै एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए। उपाध्यक्षमा माओवादी केन्द्रकी अमृता बोहराले ७५९ मत ल्याइन्। […]

मकवानपुर : इन्द्रसरोवर – १ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

मकवानपुर –  मकवानपुरको मतगणनामा वडा अध्यक्ष तर्फ कांग्रेसले खाता खोलेको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएसँगै यहाँबाट कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् ।  मतगणना अनुसार यस वडामा नेपाली कांग्रेसका सुवास थापा मगर ७ सय ५३ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस वडामा नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत पाउनुभएको थियो । यस्तै वडा सदस्यहरुमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर,बुद्ध घिसिङ्, गोमा लामा विजयी भएका छन् भन...

दैलेखको नौमुले १ र २ मा कांग्रेसका उम्मेदवार विजयी

दैलेख : दैलेखको नौमूले गाउँपालिका वडा नम्बर १ र २ मा नेपालि काँग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ को वडाध्यक्षमा रुपेशकुमार थापामगर र २ को वडा अध्यक्ष पदमा दुर्गप्रसाद न्यौपाने विजयी भएका हुन्।वडा नम्बर १ को अध्यक्षमा विजयी भएका थापामगरले ४ सय मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नामाखर शर्माले ३ सय ८६ मत प्राप्त गरेका छन्। यस्तै एकीकृत समाजवादीका हरिबहादुर थापामगरले ३ सय मत प्राप्त गरेका छन्।वडा नम्बर २ मा विजयी भएका दुर्ग प्रसाद न्यौपानेले ४८२ मत प्राप्त गर्