बेलौरी नगरपालिका-२ को अध्यक्षमा एमालेका चौधरी विजयी

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नम्बर २ मा नेकपा एमालेका कुलबीर चौधरीले जितलाई निरन्तरता दिएका छन्। अघिल्लो निर्वाचनमा पनि वडा अध्यक्ष निर्वाचित उनी यस पटक फेरि वडाध्यक्ष भएका छन्।अध्यक्षमा चौधरीले १ हजार २१ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका झकबहादुर सिरिसले ९२५ मत ल्याएका छन्। यस वडामा काँग्रेसका राजबहादुर चौधरीले ५ सय ३१ मत ल्याएका छन्।बेलौरी नगरपालिका वडा नम्बर १ र १० को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।

सम्बन्धित सामग्री

छिन्नमस्तामा २५ वर्षीय चौधरी विजयी

काठमाडौँ – सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका विद्दानन्द चौधरी विजयी भएका छन्। २५ वर्षीय चौधरीले २ हजार ८९५ मतका साथ सो गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सत्यनारायण यादवले १ हजार ७६६ मत ल्याएका छन्। यस्तै, गाउँपालिका उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएकी छन् । उनी २ हजार ४७२ मतका […]

सप्तरीको छिन्नमस्तामा लोसपाका चौधरी विजयी

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा)का विद्यानन्द चौधरी निर्वाचित भएका छन्। चौधरीले २ हजार ८ सय ९५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत ल्याए। चौधरीले १ हजार १ सय २९ मतान्तरले यादवलाई हराएका हुन्। यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका […]

धनगढी-१६ मा माओवादीका चौधरी विजयी

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका रामलाल चौधरी विजयी भएको छन् ।माओवादी केन्द्रका युवा नेता चौधरी धनगढी १६ बाट अध्यक्ष पदमा निर्वाचित भएको नेता डिल्ली राज भट्टले जानकारी दिए । आठ सय ४० मत ल्याएर चौधरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमबहादुर चन्दले सात सय ८७ मत पाए ।

मायादेवी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा लोसपा विजयी

रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् । उपाध्यक्षमा भने लोसपाकी नर्वदा देवी उपाध्याय विजयी भएकी छन् । अध्यक्षमा चौधरी ५ हजार ३ सय ८६...

कैलालीको जोशीपुरमा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षका उम्मेदवार चित्रबहादुर चौधरी विजयी हुनुभएको छ । उहाँले ४ हजार ९ सय ३ मत प्राप्त गरेर जोशीपुर गाउँपालिकाकाे विजयी हुनुभएकाे हाे । उहाँले १ हजार ५ सय ३५ मतान्तरले नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार वङ्शराम बडायकलाई पराजित गर्नुभएकाे छ । वङ्शराम बडायकले ३ हजार ३ सय ६८ […]

कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी विजयी

कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजसमझ चौधरी विजयी भएका छन् । उनले निवर्तमान गाउँपालिका अध्यक्ष माओवादीका लाजुराम चौधरीलाई ४ हजार बढीको मतान्तरले पराजित गरेका हुन् ।राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले १० हजार ४ सय ८४ मत ल्याएर निवर्तमान उपाध्यक्ष माओवादीकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी हुन् । सत्गौवाले ६ हजार ४ सय ७७ मत प्राप्त गरि

कैलारी गाउँपालिका अध्यक्षमा कांग्रेसका राजसमझ चौधरी विजयी

५ जेठ, धनगढी ।कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका राजसमझ चौधरी विजयी भएका छन् । चौधरीले १० हजार ४२२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका लाजुराम चौधरीले ६४३० मतमात्रै ल्याए । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै भगवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले माओवादी केन्द्रकी लक्ष्मी सतगौवा थारुलाई पराजित गर्दै विजयी भएकी हुन् । विजयी […]

नौ वटै वडासहित कैलारी गाउँपालिकामा कांग्रेसका चौधरी विजयी

कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजसमझ चौधरी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीलाई चार हजारभन्दा बढी मतान्तरले हराउँदै राजसमझ अध्यक्षमा विजयी भएका हुन् । राजसमझ १० हजार...

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम अध्यक्षमा चौधरी निर्वाचित

धनगढी– नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी विजयी भएका छन् । प्रदेश अध्यक्षका लागि भएको मतदानमा राष्ट्रियसभा सदस्यसमेत रहेका उत्सवले अर्का उम्मेदवार प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका मानबहादुर धामीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । चौधरीले एक सय १४ मत प्राप्त गरेका छन् । त्यस्तै, धामीले ९४ मत मात्रै […]

मन्त्रिलाई पराजित गर्दै माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा ‘उत्सव’ विजयी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमको अध्यक्षमा हरिराम चौधरी विजयी भएका छन् । प्रतिद्वन्द्वी मानबहादुर धामीलाई पराजित गर्दै चौधरी विजयी भएका हुन् । कुल खसेको २१० मध्ये चौधरीले ११४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका धामीले ९३ मत पाए । प्रदेश सम्मेलनबाट चयन भएका प्रदेश […]