आज विभिन्न नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ ।
विभागका अनुसार, आज कोशी, नारायणी, कर्णालीका सहायक नदीहरुमा बहाव बढ्ने छ ।
आज महाकालीका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने तथा मझौला नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईमा बहाव बढ्ने विभागले जनाएको छ ।