काठमाण्डाै - आज कोशी, नारायणी र यसका सहायक नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुले विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । यी नदीहरुमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।
आज कमला, वाग्मती, पूर्वी राप्ती लगायतका नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। यस्तै आज प्रदेश-१ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, प्रदेश-२ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, वाग्मत...