काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले आज कोशी, नारायणी‚ कन्काई, कमला नदीमा पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने सम्भावना रहेको जनाएको छ।कोशी ब्यारेजमा शनिबार बिहान ८ बजे २ लाख २२ हजार ७७५ क्युसेक पानीको बहाव मापन गरिएको छ। यो यस वर्षकै उच्च हो। पानीको बहाव उच्च भयसँगै खतराको जनाउ दिने झन्डा राखिनुको साथै रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। अहिले ब्यारेजको ५६ ढोकामध्ये २९ ढोका खुला गरिएको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती, पूर्वी राप्तीलगायतमा