सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई÷तीन दिनदेखि लगातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आज दिउँसोको मापनअनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेण्ड क्यूसेक बहाव भइरहेको जनाइएको छ । अझै पानीको बहाव बढ्ने क्रममा रहेकाले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २२ वटा ढोका खुल्ला राखिएको छ । पानीको बहाव बढिरहेको भन्दै आवश्यकतानुसार थप ढोका खुल्ला गरिने कोश