काँग्रेको १४ औँ महाधिवेशनमा कृष्ण प्रसाद सिटौला पक्ष तानातानमा परेको छ । तर सिटौला पक्ष पनि के गर्ने भन्ने निर्णयमा अझै पुगिसकेको छैन । पौडेल र देउवा मात्र होइन निधिले समेत सिटौला पक्षसँग सहयोग मागिरहेका छन् ।
सिटौला निकट नेता भीमसेनदास प्रधानले जानकारी दिए अनुसार बुधबार बिहान सहयोग चाहियो भन्दै पौडेल सिटौलालाई भेट्न गएका थिए । पौडेललाई सिटौलाले सहयोग कसरी गर्ने प्याकेज के हो भन्ने जवाफ दिएको प्रधानले बताए । १३औं महाधिवेशनभन्दा अझ बलियो रहेको बताउँदै आएका सिटौला पक्षले भोलि शुक्रबार साँझसम्म के गर्ने भन्ने ...