सिटौला समूह आन्तरिक छलफलमा जुट्यो

नेपाली काँग्रेसको कृष्ण सिटौला समूह आन्तरिक छलफलमा जुटेको छ । केन्द्रीय महाधिवेशनमा शेरबहादुर देउवासँग सहकार्य गर्ने रणनीतिमा रहेका सिटौला पार्टी महाधिवेशनको उद्घाटनसत्र सकिएसँगै भृकुटीमण्डप क्षेत्रमा आन्तरिक छलफलमा जुटेको हो । आफ्नो समूहबाट चुनावी प्रक्रियामा सहभागी हुने नेताहरुको नाम टुंगो लगाएर सिटौलाले देउवासँग फाइनल छलफल गर्ने बुझिएको छ । सिटौलाले महामन्त्रीको रुपमा प्रदीप पौडेललाई अघि सारेका छन् भने उनले आफूलाई साथ दिनेहरूलाई स्थापित गरिछाड्ने बताउँदै आएका छन् ।

सम्बन्धित सामग्री

जम्बो कमिटी बनाउँदा पनि नेविसंघमा असन्तुष्टि

संस्थापनइतर समूहका असन्तुष्ट नेताहरू समानान्तर समिति गठनको तयारीमा, रणनीति बनाउन छलफलमा सिटौला समूह  इतिहासकै जम्बो तदर्थ समिति गठन हुँदा पनि नेपाल विद्यार्थी संघमा असन्तुष्टि उत्पन्न भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले...

उद्घाटनसत्र सकिएसँगै पौडेल र सिटौला समूह आन्तरिक छलफलमा

पार्टीको १४ औं महाधिवेशनको उद्घाटनसत्र सकिएसँगै नेपाली काँग्रेसको दुई समूह छुट्टाछुट्टै छलफलमा जुटेको छ । नेता रामचन्द्र पौडेल पक्षको बैठक राजधानीको बत्तीसपुतलीमा सुरु भएको छ । बैठकमा सभापतिका चारै आकांक्षीहरु पौडेलसहित प्रकाशमान सिंह, डा शेखर कोइराला र शशांक कोइरालाको सहभागिता रहेको नेता गगन थापाले बताए । बैठकबाट आफूपक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न प्रयास हुनेछ ।   यसैबीच कृष्ण सिटौला समूह पनि छुट्टै आन्तरिक छलफलमा जुटेको छ । केन्द्रीय महाधिवेशनमा शेरबहादुर देउवासँग सहकार्य गर्ने रणनीतिमा रहेका ...

सिटौला समूह छुट्टै प्यानल बनाउँदै

काठमाडौँ - पार्टीको १४औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार कांग्रेस नेताहरू पदाधिकारी चयनका लागि छलफलमा व्यस्त भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइए पनि सुरु हुन सकेको छैन भने कृष्णप्रसाद सिटौला समूहको बैठक गौशालामा बसिरहेको छ ।  शुक्रबार आफ्नो समूहबाट प्यानल नै घोषणा गर्न…

प्रकाशमानको घरमा पौडेल-सिटौला समूहको ‘मिटिङ’

सभापति शेरबहादुर देउवा पक्षले आफूहरूको असहमति हुँदाहुँदै बहुमतका आधारमा केन्द्रीय समितिबाट विधान बनाएको र एकलौटी ढंगले अनुशासन समिति गठन गर्न खोजेको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला समूह सामूहिक छलफलमा जुटेका हुन्।