काठमाडौं।नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। १४औं महाधिवेशन नजिकिदै जाँदा पनि क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि सो बारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो।आज २ बजेपछि पार्टी कार्यालय सानेपामा छानविन समितिका सदस्यहरुसहित पदाधिकारी बैठक बस्नेछ। समितिलाई सदस्यता टुङ्ग्याउन असार २० गतेसम्मको समय दिएपनि मापदण्ड बनाउन नसक्दा नयाँ सदस्यका सम्बन्धमा आएका उजुरीमाथि काम गर्न सकेको छैन।