राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ । बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ । ‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपदबाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै जाँदा जिल्लागत र प्रदेशगत रूपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ असार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको