चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

काठमाडौँ । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई राजदूत नियुत्तल गरेको हो । श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए ।