बिष्णुपुकार श्रेष्ठ चीनका लागि राजदूतमा नियुक्त

काठमाडौं- चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

सम्बन्धित सामग्री

चीनको राजदूतमा बिष्णुपुकार श्रेष्ठ नियुक्त

काठमाडौँ- चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन्। सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रको कोटामा श्रेष्ठ राजदूत सिफारिस भएका थिए ।

माओवादीले टुंग्यायो ३ आयोगको नेतृत्व

नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व चयन गरेको छ । माओवादी केन्द्रले पार्टीको अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख टुंगो लगाएको हो ।प्रज्ञाभवन कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगका अध्यक्षमा  बिष्णुपुकार श्रेष्ठ, केन्द्रीय लेखा परिक्षण आयोगका अध्यक्षमा पेशल खतिवडा  र केन्द्रीय अनुशासन आयोगका अध्यक्षमा.टङ्क राईलाई सर्वसम्मत रूपमा चयन गरेको हो। उनीहरु यस अघि पनि अध्यक्ष नै थिए ।