एनएमबि खेति कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

काठमाडाैं । एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रा. लि.(खेति एप) र बागमती गाउँपालिका मकवानपुरबीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रा.लि.को तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाको तर्फबाट अध्यक्ष […]

सम्बन्धित सामग्री

एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

एनएमबि बैङ्क लिमिटेड, डिभी एक्सेलस प्रालि(खेती एप) र बागमती गाउँपालिका मकवानपुर बीच गाउँपालिका

एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता

एनएमबि बैङ्क लिमिटेड, डिभी एक्सेलस प्रालि(खेती एप) र बागमती गाउँपालिका मकवानपुर बीच गाउँपालिका

ओम्नी ग्रुपको ओबीसीआईको सञ्चालन नाफा दुई वर्षमा सवा अर्बबाट २१ करोडमा झर्‍यो

काठमाडौं । ओम्नी ग्रुप (Omni Group)को ओबीसीआई प्राइभेट लिमिटेडले वित्तीय वर्ष २०२२ मा २१ करोड सञ्चालन नाफा (Profit) गरेको छ । कम्पनीले वित्तीय वर्ष २०२० मा भने १ अर्ब २५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।  रेटिङ् कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष २०२१ मा ३० करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । केयर रेटिङ्स अनुसार कम्पनीको सञ्चालन नाफा निरन्तर घट्दो क्रममा रहेको छ । वित्तीय वर्ष २०२० को तुलनामा कम्पनीको सञ्चालन नाफा २०२१ मा ७५.६१ प्रतिशत र २०२२ मा ८३.१६ प्रतिशतले घटेको हो ।  सन् २००६ मा स्थापित ओबीसीआई प्राइभेट लिमिटेडले आईटी क्षेत्रमा विभिन्न सेवा सुविधा दिनुका साथै मुलुकभर नै पाँचभन्दा बढी ब्रान्डका जेनेरेटर, यूपीएस, ब्याट्री, चिकित्सा उपकरणहरू लगायतका प्रडक्टहरू विक्री वितरण गर्दै आएको छ । मेडिकल उपकरणको माग कम भएसँगै कम्पनीको विक्री घटेको केयर रेटिङ्सको रिपोर्टमा उल्लेख गरिएको छ । केयर रेटिङ्सका अनुसार कम्पनीलाई आइटी क्षेत्रमा प्रतिस्पर्दाका साथै प्राविधिक जोखिम पनि रहेको छ ।  कम्पनीले १० लाख रुपैयाँको दीर्घकालीन कर्जा र ५ करोड ९८ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाको लागि बी माइनस र अल्पकालीन कर्जाको लागि ए फोर रेटीङ पाएको छ । कम्पनीको अध्यक्षमा तुलबहादुर सिंह हरि छन् ।

सेलो तेल उत्पादक बागमती ओयलको २४ प्रतिशतले बढ्यो व्यापार

काठमाडौं । सेलो तेल उत्पादक बागमती ओयल इन्डस्ट्रिजले वित्तीय वर्ष २०२२ मा ३ अर्ब १० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको सञ्चालन नाफा वित्तीय वर्ष २०२१ को तुलनामा २०२२ मा २४ दशमलव ०४ प्रतिशतले बढेको हो । रेटिङ् कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष २०२१ मा २ अर्ब ५० करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । कम्पनीले सोयाबिन र सनफलावरको तेल उत्पादन गर्दै आएको छ ।  कम्पनीले ८५ लाखको दीर्घकालीन कर्जा र १ अर्ब ७२ लाख रुपैयाँको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ । इक्राले कम्पनीको दीर्घकालीन कर्जाको लागि डबल बी प्लस र अल्पकालीन कर्जाको लागि एफोर प्लस रेटिङ दिएको छ ।  सन् २००८ मा स्थापना भएको बागमती ओयलको उद्योग मोरङमा छ । बागमती ग्रुपको लगानी रहेको यस कम्पनीमा साकेत राठीको ६० प्रतिशत, अनिलकुमार अग्रालको ३४ प्रतिशत र  मनोज कुमार टपरियाको ६ प्रतिशत लगानी छ ।

राष्ट्र बैंकको निर्देशनले बजारको ‘चेन’ बिग्रने डर, पूरानो उधारो नउठ्ने जोखिम

नेपाल राष्ट्र बैंकले सोमबार एउटा सर्कुलर जारी गर्दै बस्तुको आयातमा कडाई गरेको छ । ऋणको ठूलो हिस्सा आयातमा प्रयोग भई त्यसको असर तरलतामा देखिन थालेको भन्दै राष्ट्र बैंकले बस्तुको आयातमा कडाई गरेको हो । राष्ट्र बैंकले विभिन्न १८ प्रकारका वस्तुको आयात गर्दा अनिर्वाय सय प्रतिशतसम्म नगद मार्जिन तथा २ प्रकारका सामान आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने ब्यवस्था गरेको छ । अर्थात् कुनै सामान आयात गर्दा १०० रुपैयाँ लाग्ने छ भने १०० रुपैयाँ नै मार्जिनको रुपमा राख्नु पर्ने छ । यसो गर्दा ब्यापारीले सामान आयात गर्दा थप नगदको ब्यवस्था गर्नु पर्नेछ । यसबाट आयात निरुत्साहित हुने राष्ट्र बैंकको विश्वास छ । के पर्छ असर ?राष्ट्र बैंकको यस खालको नीतिले बजारको ‘चेन ब्रेक’ हुने व्यवसायी बताउँछन् । आत्मनिर्भर नभएका र स्वदेशी उत्पादनले नधान्ने बस्तुको आयातमा गरिएको कडाईले महँगी बढ्ने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ बताउँछन् । ‘मानौ कुनै व्यवसायीले ५० करोडको एलसी खोल्थ्यो, त्यसमा १० प्रतिशत क्यास मार्जिन राख्थ्यो पुग्थ्यो, अब सय प्रतिशत राख्नुपर्ने भएपछि त्यो पैसा कहाँबाट ल्याउने ?’ श्रेष्ठ भन्छन्, ‘बैंकले ऋण बन्द गरेका छन्, क्यासमा ल्याउन सक्ने अवस्था छैन ।’यसअघिःयी हुन् राष्ट बैंकले आयातमा कडाई गरेका वस्तु, गाडी, कस्मेटिक सामान, रक्सिदेखि पानीसम्मयदि कुनै व्यवसायीले सय प्रतिशत क्यास मार्जिन राखेर बस्तु आयात गरेपनि उसले यहाँ ल्याएपछि उधारोमा दिन नसक्ने उनको भनाई छ ।‘ल मानौँ, कुनै व्यवसायीले सय प्रतिशत नै क्यास मार्जिन राखेर ल्यायो रे, तर यहाँ ल्याएपछि उसले उधारोमा त सामान दिन सक्दैन । कसैले ६० दिनको एलसी खोलेर सामान ल्याउँथ्यो होला, उसले ३० दिनको लागि यता उधारो दिन्थ्यो होला, पैसा उठेपछि फेरि अर्को एलसी खोल्थ्यो होला । यो बजार त यस्तो चेनमा चलिरहेको हो नि । तर, राष्ट्र बैंकले जुन ब्यवस्था गर्यो, त्यसले विजनेशको चेन नै ब्रेक गर्ने भयो ।’पूरानो उधारो नउठ्ने जोखिमराष्ट्र बैंकको नयाँ ब्यवस्थाले पहिल्यै उधारोमा गईसकेको सामानको पैसा नउठ्ने जोखिम पनि सिर्जना गरिदिएको श्रेष्ठको भनाई छ । ‘जुन चेनमा बजार घुमिरहेको थियो, त्यो चेन घुमाउन नसकेपछि व्यवसायी त पलायन हुन्छ, व्यवसाय छोड्नुको विकल्प हुँदैन’ उनले थपे, ‘अनि उधारोमा गईसकेको सामानको पैसा कसरी उठ्छ ? मैले गरिरहेको व्यवसाय मैले छोडेपछि उधारो लैजानेले सामान कहाँबाट पाउँछ ? उसले यसअघि नै उधारोमा लगेको सामानको पैसा कसरी तिर्न सक्छ ?’अहिले बजारमा गईसकेको उधारो अर्बौ रुपैयाँको रहेको व्यवसायीहरु बताउँछन् । एकातिर एलसी बन्द र अर्कोतिर बैंकबाट प्रवाह हुने कर्जाको उपलब्धता पनि नभएको अवस्थामा राष्ट्र बैंकबाट महँगी बढ्ने तर, राजस्वमा गिरावट आउने नीजि आउनु दुःखको विषय भएको आयातकर्ताहरु बताउँछन् ।यी हुन् राष्ट्र बैंकले आयातमा कडाई गरेका बस्तुःल्वाङचुइगम चकलेट शखरचिनीग्लुकोज ल्याक्टोजमिनरल वाटर अल्कोहल नभएको बियर इनर्जी ड्रिंकजौको बियर अन्य बियर वाइनसाइडरअल्कोहलजन्य अन्य पदार्थ व्हिस्की, रम, भोड्का , भिनेगरटोब्याकोचुरोटहुक्का फ्लेभर परफ्युम मेक अप सामग्री पाउडर फेस क्रिम पालिस लोसन सौदर्य समबन्धि सामग्री श्याम्पू कपालमा लगाउने तेल कपाल रंग्याउने सामग्री धुप कस्मेटिक सामग्री काठ तथा काठबाट बनेका सामग्रीटुथ पिक क्लोथ ह्यांगर सलाईको काँटी जुत्ता चप्पल क्याप टोपीटाउकोको सुरक्षामा लगाईने टोपी, छाता टेक्ने लौरोकृतिम फूलहरु नक्कली कपाल, दारी, जुँगा, आँखी भौ टायल मार्बल ढुंगाबाट बनेका सजावट सामग्री इट्टा, ब्लक ग्रेफाइटका सामग्री सेरामिक सामग्री ग्लास तथा ग्लासबाट बनेका सामग्री बोतल, थर्मस चाँदी, चाँदीको धुलो, चाँदीबाट बनेका सामग्री ३ पांग्रे रिक्सा, हजार सिसिभन्दा बढीका गाडी, एम्बुलेन्स, सब बहान मोटरसाइकल, साइकल मेटल तथा मेटलबाट बनेका सामग्री (अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने बाहेक) काठका फर्निचर , प्लास्टिकका फर्निचर, बाँसका फर्निचर, अन्य सामग्रीका फर्निचर खेल्ने तास

यी हुन् इच्छाराज सहित अदालतमा मुद्दा दायर भएका ४३ जना

ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो।   एउटा ऋणीको रुपमा मात्र नभई सहकारी ऐनले कसुर गरेको मानिने क्रियाकलाप गरेकाले तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो। उनी विरुद्द बिभिन्न ६ वटा आरोपहरु लागेका छन्। उनी विरुद्द ठगी, लिखत सम्वन्धी कसुर तथा संगठित अपराध गरेको आरोपमा मुद्दा दर्ता भएको हो । मुलुको अपराध संहिता २०७४ को दफा २५१ मा रहेको सम्पत्तिको आपराधिक उपयोग गरेको कसुरमा उनी विरुद्द दर्ता भएको हो । उनी विरुद्द निम्न ६ वटा आरोपहरुमा केन्द्रित रहेर प्रहरीले अनुसन्धान गरेको थियो । - बचतकर्ताको करौडौं बचत र त्यसबापत आउने ब्याज फिर्ता नभएको- संकलन भएको निक्षेप सहकारी ऐनको प्रतिकुल हुनेगरी आफ्नै लगानीका कम्पनीमा बिना धितो कर्जा लिएको,- लिएको कर्जाको सावाँ, ब्याज फिर्ता नभएको,- सहकारीको बचत कर्जाको रुपमा आफ्ना लगानी भएका कम्पनीमा लगेर त्यसको दुरुपयोग भएको, - सहकारीबाट कर्जा लिएर लगानी गरिएका कम्पनीबाट भएको आम्दानीको दुरुपयोग भएको, - कर्जा अपचलन र सम्पति शुद्दिकरण हुने काम भएकोयी हुन् ४३ जना प्रतिवादी प्रतिवादीहरुनाम:ठेगानाप्रतिक्षा तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोदानहिरा तुलाधर(कंसाकार)काठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १३ , घर न. - नखुलेकोकृष्णप्रसाद श्रेष्‍ठधनुषा , जनकपुर नगरपालिका वडा न. - १० , घर न. - नखुलेकोशंकर प्रसाद पाठकभक्तपुर , सूर्यविनायक नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोसिर्जना शाक्यकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोईच्छा राज तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोमिना गुरुङकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोखेमनाथ डल्लाकोटीचितवन , खैरहनी वडा न. - ६ , घर न. - नखुलेकोहरिप्रसाद लामिछानेकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १४ , घर न. - नखुलेकोसुमन नन्द बैद्यकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोकौस्तुभ केतन ढुङगानाकाठमाडौं , बुढानिलकण्ठ नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोअष्टरत्‍न तुलाधरभक्तपुर , भक्तपुर नगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोकान्ती लक्ष्मी उपाध्यायभक्तपुर , चाँगुनारायण नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोप्रतिष्ठा तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोएलिना तुलाधरभक्तपुर , भक्तपुर नगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोसिर्जना शाक्यकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोअनु लामिछाने भन्ने अन्ननपूर्ण खनालकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १४ , घर न. - नखुलेकोडा. ईन्द्रराज हुमागाईकाभ्रेपलान्चोक , ढराउनेपोखरी वडा न. - ८ , घर न. - नखुलेकोगोपाल बहादुर श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ३ , घर न. - नखुलेकोसुबास कुमार श्रेष्ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोरन्जना महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १७ , घर न. - नखुलेकोसुमन श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोनारायण लाल श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - २७ , घर न. - नखुलेकोसंगित श्रेष्ठकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ७ , घर न. - नखुलेकोकेशवलाल श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोप्रकाश कुमार बर्मासिन्धुली , फिक्कल गाउँपालिका वडा न. - ५ , घर न. - नखुलेकोजीवनराज बज्रचार्यकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १० , घर न. - नखुलेकोप्रविण प्रसाद प्रधानकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोडा. दुर्गा प्रसाद संग्रौलाझापा , गरामुनी वडा न. - ९ , घर न. - नखुलेकोहरिप्रसाद रिसालललितपुर , ललितपुर महानगरपालिका वडा न. - १३ , घर न. - नखुलेकोलालकाजी गुरुङकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - २४ , घर न. - नखुलेकोभगवान बहादुर सिंह (डंगोल)काठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १२ , घर न. - नखुलेकोबिजय बिक्रमञ शाहीकाठमाडौं , नागार्जुन नगरपालिका वडा न. - ३ , घर न. - नखुलेकोमुकुन्द प्रसाद न्यौपानेझापा , चन्द्रगढी वडा न. - ८ , घर न. - नखुलेकोमायोनानी महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ९ , घर न. - नखुलेकोजयन्द्र लाल श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोबुद्द राज तामाङकाठमाडौं , बुढानिलकण्ठ नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोप्रविण मुखियाललितपुर , ललितपुर महानगरपालिका वडा न. - ५ , घर न. - नखुलेकोरामराज मास्केसर्लाही , बागमती नगरपालिका वडा न. - २ , घर न. - नखुलेकोकेशव कुमार अमात्यललितपुर , ललितपुर महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोरामकृष्ण पौडेलधादिङ , थाक्रे गाउँपालिका वडा न. - १० , घर न. - नखुलेकोनगेन्द्र विमलीझापा , अर्जुनधारा वडा न. - ९ , घर न. - नखुलेकोराकेश महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ९ , घर न. - नखुलेको

बागमती प्रदेशमा कर्जा १० प्रतिशतले वृद्धि

आर्थिक वर्ष २०७७/७८ मा बागमती प्रदेशमा बैङरक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा १० प्रतिशतले वृद्धि भई आठ खर्ब २१ अर्ब ३९ करोड रुपियाँ पुगेको छ । अघिल्लो आव वर्षको सोही अवधिमा यस्तो कर्जा १५.० प्रतिशतले बढेको थियो । कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश ३९.५ प्रतिशत रहेको छ । कुल औद्योगिक कर्जामध्ये वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा सबैभन्दा बढी १६ प्रतिशतले वृद्धि भएको छ भने थोक तथा खुद्रा बिक्रेता क्षेत्रमा सबैभन्दा कम ७ प्रतिशतले वृद्धि भएको छ ।

अन्य क्षेत्रलाई टेवा दिँदै बैंकिङ

काठमाडौं । १० वर्षे लामो माओवादी सशस्त्र द्वन्द्व सामना गरेको नेपाली अर्थतन्त्रले राजनीति लिकमा आए पनि सहज वातावरण अझै पाउन सकेन । भूकम्प, नाकाबन्दी, बाढीपहिरो र अहिले कोरोना महामारीले अर्थतन्त्रको विस्तारमा असर पुगिरहेको छ । विविध कारणले प्रभावित हुँदै नेपाली अर्थतन्त्र पुनरुत्थान हुन नपाउँदै नयाँ–नयाँ व्यवधान बेहोर्न विवश छ । अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा मुलुकको आर्थिक वृद्धिदर २ प्रतिशतले ऋणात्मक रह्यो । गत आवमा ४ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान छ । तर, समग्र अर्थतन्त्रको पुनरुउत्थान हुन अझै बाँकी रहेको अर्थविद्हरू बताउँछन् । अर्थतन्त्रको पुनरुत्थानका लागि बैंकिङ क्षेत्र मुख्य आधार हो । यद्यपि, कोरोना महामारीका कारण अहिले स्वयं बैंकिङ क्षेत्र पनि प्रभावित छ । तैपनि बैंकिङ क्षेत्रले अर्थतन्त्रको पुनरुत्थानमा सहयोग गर्नैपर्ने बाध्यता छ । नेपालमा सबैभन्दा बढी पुँजी परिचालन गर्ने क्षेत्र बैंकिङ नै हो । ठूला आकारका संस्था पनि यही छन् । अहिले एउटै वाणिज्य बैंकको कुल सम्पत्ति ४ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । व्यवसाय, उद्योग स्थापनालगायत परियोजनाका लागि कर्जा प्रवाह गर्ने संस्था बैंक नै हुन् । आर्थिक विकासका लागि उद्योग, व्यवसाय तथा विभिन्न आयोजना स्थापना हुन आवश्यक छ । त्यसका लागि पुँजी आवश्यक हुन्छ, जुन बैंक तथा वित्तीय संस्थाबाटै जोहो गर्न सकिन्छ । कोरोना महामारी सुरु भएयता बैंकिङ क्षेत्रले बढी राहतका कार्यक्रम ल्याएको देखिन्छ । महामारीको अवस्थामा अर्थतन्त्रलाई बचाइराख्न बैंकिङ क्षेत्रको भूमिका र दायरा ठूलो छ । अहिले पनि बैंकिङ क्षेत्रले ब्याज दरमा छुट दिनेदेखि ऋणको सावाँब्याज भुक्तानी म्याद थप गर्ने, ऋणको पुनर्तालिकीकरण गर्ने, कोरोना प्रभावित क्षेत्रमा पुनर्कर्जालगायत सुविधा दिँदै आएका छन् । कोरोना महामारी सुरु भएपछि राष्ट्र बैंकले ल्याएका दुई आर्थिक वर्षका मौद्रिक नीति अर्थतन्त्र पुनरुउत्थानमै केन्द्रित रहेका छन् । अतः अब बैंकिङ क्षेत्रलाई फरक ढंगले अगाडि बढाउनुपर्ने देखिन्छ । यसका लागि नीतिगत व्यवस्थामा थप लचकता हुनुपर्ने देखिन्छ । आर्थिक विकासका लागि वित्तीय सहज पहँुच उच्च हुनु आवश्यक छ । अझै पनि केही स्थानीय निकायमा वाणिज्य बैंक पुग्न सकेका छैनन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार ७५३ मध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । धादिङको रुविभ्याली, जाजरकोटको जुनिचाँदे र बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छ । बढीजसो बैंकहरू सुगम क्षेत्रमै केन्द्रित छन् । कर्णाली, सुदूरपश्चिमका विकट क्षेत्रमा उनीहरूको उपस्थिति न्यून छ । यद्यपि, प्रविधिको समय सबै क्षेत्र तथा स्थानीय तहमा बैंक पुग्नैपर्छ भन्ने हुँदैन । नेपालको बैंकिङ क्षेत्रमा त्यसअनुसारको प्रविधि पहुँच भए पनि यसको विस्तार भने अझै न्यून छ । सबै नागरिक त्यस्ता प्रविधि प्रयोग गर्न योग्य छैनन् । त्यसकारण बैंकहरूको भौतिक उपस्थिति नै बढी प्रभावकारी हुने देखिन्छ । अधिकांश नागरिकलाई बैंक शाखासम्म पुग्ने अझै घन्टौं हिँड्नुपर्ने अवस्था छ । बागलुङको गलकोट नगरपालिकामा प्रभु, ग्लोबल आईएमईलगायत बैंकका शाखा छन् । नगरपालिकाको वडा नम्बर ३ स्थित हटिया बजारमा बैंक तथा वित्तीय संस्थाका शाखा छन् । तर, उक्त नगरपालिकाभित्रका दुदिलाभाटीलगायत विकट स्थानका नागरिकलाई वाणिज्य बैंकका कुनै पनि शाखासम्म पुग्न हिँडेरै ३ घन्टासम्म लाग्ने गर्छ । यो एउटा उदाहरण मात्र हो, अधिकांश स्थानीय तहको अवस्था यस्तै छ । तसर्थ, वित्तीय सेवालाई सरल बनाउन यस्ता विषयमा ख्याल गर्नुपर्ने देखिन्छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाका २० शाखाले औसतमा १ लाख नागरिकलाई बैंकिङ सेवा दिन सक्ने क्षमता छ । एउटा बैंकको शाखाले ५ हजार २६८ जनालाई बैंकिङ सेवा दिन सक्ने क्षमता छ । प्रदेशगत रूपमा यसमा असमानता देखिन्छ । कर्णाली प्रदेशमा १ लाख नागरिकलाई बैंकिङ सेवा दिन ११ वटा शाखा रहेको देखिन्छ । त्यहाँ बैंकको एक शाखाले ९ हजार ४८ जनालाई बैंकिङ सेवा दिनुपर्ने बाध्यता रहेको राष्ट्र बैंकको तथ्यांकले बोलेको छ । बागमती, गण्डकीजस्ता सुगम प्रदेशमा भने औसतभन्दा बढी शाखाले प्रति १ लाख नागरिकलाई बैंकिङ सेवा दिइरहेका छन् । यी प्रदेशमा ३० शाखाले १ लाख नागरिकलाई बैंकिङ सेवा दिन सक्ने देखिन्छ । बागमतीमा १ शाखाले ३ हजार ३३७ जना र गण्डकीमा एक शाखाले ३ हजार ३०५ जनालाई बैंकिङ सेवा दिन सक्ने क्षमता भएको देखाएको छ । वित्तीय पहुँच पनि ६७ दशमलव ३४ प्रतिशत नागरिकमा मात्र पुगेको देखिन्छ । कुल निक्षेप खाता संख्या जनसंख्याभन्दा बढी छ । ०७७ जेठसम्म ३ करोड १८ लाख ८६ हजार निक्षेप खाता खोलिएको छ, जुन नेपालको जनसंख्याभन्दा बढी हो । तीनपुस्ते विवरणको आधारमा एक व्यक्तिको एक मात्र खाता गणना गर्दा ६७ दशमलव ३४ प्रतिशत नागरिकमा वित्तीय पहुँच विस्तार भएको देखिएको हो । गत असारसम्म कुल ३ करोड ७७ लाख ७० हजार निक्षेप खाता खोलिएको छ । यद्यपि यसमा वित्तीय पहुँच सम्बन्धमा गणना गरिएको छैन । कर्जा विस्तारमा पनि उस्तै झमेला छ । बैंकहरूको मुख्य काम नै कर्जा विस्तार हो । कर्जाको दायरा जति फराकिलो भयो, उद्यमशीलताको विकास पनि उति नै हुने हो । नेपालमा अझै कर्जाको दायरा बढ्न सकेको छैन । अहिले कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न कर्जाको दायरा बढाउन आवश्यक छ । जनसंख्याभन्दा बढी निक्षेप खाता खोलिएको अवस्थामा कर्जा खाता भने जम्मा १७ लाख २ हजार १९५ रहेको तथ्यांक छ । कर्जा प्रवाहलाई पनि सहज बनाउनुपर्ने देखिन्छ । ग्राहकले जति सहज बैंकमा पैसा जम्मा गर्न सक्छन्, त्यति सहज कर्जा भने पाउन सक्दैनन् । तसर्थ, कर्जा प्रवाह प्रक्रियालाई सहज बनाउनुपर्ने देखिन्छ । कर्जा दिँदाका सर्तको विषयमा पनि पुनर्विचार गर्नुपर्ने देखिन्छ । बैंकले पत्याएका व्यक्तिले बिनाधितो कर्जा पाए पनि सर्वसाधारणले यसरी कर्जा पाउन असम्भवजस्तै छ । कसैसँग केही व्यवसाय गर्ने योजना भए पनि धितो नहुँदा कर्जाबाट वञ्चित हुनुपर्ने अवस्था छ । उद्यमशीलताको विकासका लागि बैंकहरूले कर्जा दिने अभ्यासलाई परिवर्तन गर्न जरुरी छ । विकसित देशहरूमा बिनाधितो कर्जा प्रवाह हुने गरेको पाइन्छ । कतिपय मुलुकमा पानी, बिजुलीको बिल भुक्तानी गरेको आधारमा ग्राहकको क्रेडिट स्कोर गणना गरेर कर्जा दिइन्छ । विशेषगरी अमेरिकामा यस्तो अभ्यास छ । तर, नेपालमा यस्तो व्यवस्था मिलाउने परिकल्पना पनि गरिएको छैन । नेपालमा परियोजना धितो राखेर कर्जा दिने व्यवस्था छ । उद्यमशीलताको विकासका लागि यो प्रावधान उचित भए पनि कार्यान्वयनमा अझै गएको छैन । पूर्वबैंकर अनलराज भट्टराई बिनाधितो कर्जा प्रवाह गर्न नहुने बताउँछन् । परियोजना धितो कर्जालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ । उद्यमशीलताको विकास गर्न परियोजना धितो कर्जा नै उपयुक्त विकल्प हो । तर, परियोजना व्यावसायिक रूपमा सफल हुँदैन भन्ठानेर बैंकहरू यस्तो कर्जा प्रवाह गर्न डराएको देखिन्छ । बैंकहरूले बढी संख्यामा यस्तो कर्जा प्रवाह गरे भने त्यस्तो समस्या आउँदैन । कर्जा परिचालनका लागि स्रोत हुन आवश्यक छ, त्यो पनि दीर्घकालीन । अब बैंकहरूले दीर्घकालीन स्रोत जुटाउन जोड दिनुपर्ने देखिन्छ । अझै पनि बैंकहरू अल्पकालीन स्रोतमै निर्भर छन् । त्यसको असरले ब्याजदरमा अस्थिरता आइरहेको छ । बैंकहरूले वर्षौंसम्मका लागि कर्जा प्रवाह गरे पनि निक्षेप सामान्यतया १/२ वर्षको हुने गर्छ । अधिकांश निक्षेप सीमित महिना तथा दिनका लागि हुन्छन् । यसरी बैंकहरू अल्पकालीन स्रोतमा निर्भर हुँदा समस्या आउन सक्छ । कुनै समय ब्याजदर बढाएर भए पनि बजारबाट निक्षेप तान्नुपर्ने अवस्था आउन सक्छ । फलस्वरूप ब्याजदरमा पनि समस्या आउँछ । बैंकहरूले ऋणपत्रजस्ता दीर्घकालीन स्रोत खोज्नुपर्ने देखिन्छ । कोभिडले बैंकहरू आफैं समस्याग्रस्त भएको अवस्थामा पुनरुत्थानमा सहयोग गर्न सक्छन् या सक्दैनन् भन्ने पनि बहसको विषय हो । बैंकहरू अर्थतन्त्र पुनरुत्थानका लागि आफूहरू तयार रहेको बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानमा भूमिका खेल्न बैंकिङ क्षेत्र तयार रहेको सुनाउँछन् । ‘बैंकिङ क्षेत्रले अहिले पनि कोरोना प्रभावितलाई विभिन्न सहयोग गर्दै आएको छ । अब पुनरुत्थान गर्ने मामलामा पनि बैंकहरू तयार छन्,’ उनले भने ।