काठमाडौं । सेलो तेल उत्पादक बागमती ओयल इन्डस्ट्रिजले वित्तीय वर्ष २०२२ मा ३ अर्ब १० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीको सञ्चालन नाफा वित्तीय वर्ष २०२१ को तुलनामा २०२२ मा २४ दशमलव ०४ प्रतिशतले बढेको हो ।
रेटिङ् कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष २०२१ मा २ अर्ब ५० करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । कम्पनीले सोयाबिन र सनफलावरको तेल उत्पादन गर्दै आएको छ ।
कम्पनीले ८५ लाखको दीर्घकालीन कर्जा र १ अर्ब ७२ लाख रुपैयाँको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ । इक्राले कम्पनीको दीर्घकालीन कर्जाको लागि डबल बी प्लस र अल्पकालीन कर्जाको लागि एफोर प्लस रेटिङ दिएको छ ।
सन् २००८ मा स्थापना भएको बागमती ओयलको उद्योग मोरङमा छ । बागमती ग्रुपको लगानी रहेको यस कम्पनीमा साकेत राठीको ६० प्रतिशत, अनिलकुमार अग्रालको ३४ प्रतिशत र मनोज कुमार टपरियाको ६ प्रतिशत लगानी छ ।