जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ ।
गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा एक लाख रूपैयाँ दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका–२ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय लोबन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
साउन १४ गते प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालन भएको अन्तर्वार्ता परीक्षामा सहभागी हुन आएका रोशनले अन्तरवार्ता दिने क्रममा शंकास्पद कुरा गरेको र लेख्न लगा...