सरकारमा सहभागी दलको गठबन्धन तोडिन नदिन सबै दललाई भागबन्डा पुग्नेगरि लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १३ पुर्या इएको छ। आईतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्रालय थप गरि १३ पुर्याएको हो।
लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरा (रक्सी)को बजारीकरण गर्ने भएको छ । स्थानीय रक्सीलाई बजारीकरण गर्न सरकारले अनुसन्धान समेत सुरु गरेको हो ।स्थानीय स्तरमा कोदो, मौवा, अनदी, कुरीलोबाट उत्पादन हुने रक्सीलाई कानुनी रुपमा वैधानिकता दिएर बजारीकरण गर्ने प्रदेश सरकारले संघिय सरकारसँग पहल गर्ने तयारी गरेको छ । प्रदेश सरकारको पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रालयले समुदायबाट उत्पादन हुने रक्सीको उत्पादन, प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरण गर्न अध्ययन थालेको छ । मन्त्रालयले विज्ञहरुसँग छलफल गरेर साउन
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । सरकारले गत वर्षभन्दा सानो आकारको बजेट ल्याउने भएको छ ।चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि स्रोतको यकिन नभएका योजना घटाउने तयारी गरेको मन्त्रालय स्रोतको भनाइ छ । प्रदेश सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम अनुसार नै बजेट ल्याइने आर्थिक मन्त्रालयका प्रवक्ता एवं उपसचिव राम बहादुर कार्कीले बताए । उनले ब
काठमाडौं । प्रदेश १ र लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज बुधबार सार्वजनिक गर्दैछन् । बुधबार दिउँसो ४ बजे बोलाइएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेका हुन् । प्रदेश १ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख परशुराम खापुङ्गले तथा लुम्बिनी प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश […]
दाङ – लुम्बिनी प्रदेश सरकारले तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउने भएको छ ।
स्थायी राजधानी तोकिएको दाङको देउखुरी क्षेत्रमा प्रदेश सरकारले भोलि आइतबारदेखि स्थापना दिवस मनाउन लागेको हो । लुम्बिनी प्रदेश सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरेको छ ।
सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले फागुन १ देखि ३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको जानकारी दिनुभयो । राजधानीका संरचना बन्दै गरेकाले अस्थायी मुकामको साटो स्थायी राजधानी तोकिएको स्थानमै प्रदेश स्थापना दिवस ...
लुम्बिनी प्रदेश सरकारले आज नयाँ बजेट प्रस्तुत गर्ने भएको छ। एमाले नेता शंकर पोखरेल नेतृत्वको तत्कालिन सरकारले ल्याएको बजेटलाई संशोधन गर्दै गठबन्धनको सरकारले नयाँ बजेट ल्याउन लागेको हो। बजेटमा केही...
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पनि अध्यादेशमार्फत बजेट ल्याएको छ । प्रदेशसभाबाट बजेट पारित गर्न नसकेपछि गएराति संसद अधिवेशन अन्त्य गरेको सरकारले आज अध्यादेशमार्फत बजेट ल्याएको हो । आज बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गर्नुभएको हो। हिजोको प्रदेशसभा बैठकमा बजेटमाथि प्रदेशसभा सदस्यहरूले राखेका प्रश्नको विभागीय मन्त्री […]
रुपन्देही - लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने भएको छ । बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत बजेट ल्याउने निर्णय गरेको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यसबारेमा सम्पूर्ण जानकारी दिइने उहाँले बताउनुभयो ।
नियमित अधिवेशनबाट बजेट पारित गर्न नसकिने भएपछि लुम्बिनी प्रदेश सरकारले बजेट अधिवेशन नै गएराति अन्त्य गरिदिएको थियो । सरकारले अधिवेशन अन्त्य गरेपछि कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनले अधिवेशन अन्त्यको विरोध गर्दै संसद अधिवेशन सुरु गर्न...
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २९७८/७९ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्दैछ।
प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गर्दै प्रदेशसभामा सम्बोधनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।