काठमाण्डाै – नेपाल धितोपत्र बोर्डले लहैलहैमा शेयर बजारमा लगानी नगर्न सचेत गराएको छ । बोर्डले एक सूचना निकालेर बजारको सिद्धान्तअनुसार बजार घटबढ हुने हुँदा लगानीकर्ताले जोखिमलाई पनि ध्यानमा राखेर जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न बोर्डले आग्रह गरेको छ ।
अहिले शेयर बजारको ९० प्रतिशत कारोबार अनलाइनमार्फत भइरहेको जानकारी दिँदै धितोपत्र बोर्डले प्रविधिको सही सदुपयोग गर्न पनि सचेत गराएको छ । यस्तै बजार बढेसँगै कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासा आइरहेको र यसको बारेमा अध्ययन भइरहेको जानकारी दिँदै बोर्डले लगानीकर्ता...