नागरिक समूहको नवौँ साधारण सभाबाट जयराम सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् । सामाजिक अभियन्ता एवं युवा वक्ता निगम हुमागाइँ संस्थापक अध्यक्ष रहेको नागरिक समूह २०७० सालमा स्थापना भएको हो । नवनिर्वाचित अध्यक्ष सिग्देलले नागरिक समूहले आम नागरिकको आवाजको प्रतिनिधित्व गर्दै सरकार तथा राजनैतिक नेतृत्वलाई खबरदारी गर्दै आएको तथा आगामी दिनमा सरकारका राम्रा कामलाई साथ दिँदै उद्योग, कलकारखाना, कृषि, पर्यटन, जलस्रोत, जडीबुटीका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूसँग समन्वय गरी दिगो आर्थिक विकास