ज्येष्ठ नागरिक समाज माकलबारीले ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई सम्मान गरेको छ ।
७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा वा सासुलाई माया ममताका साथ पालनपोषण गर्ने बुहारीहरूलाई समाजले शनिवार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरूमा उत्साह जगाउन सम्मान कार्यक्रम गरिएको समाजका अध्यक्ष टेकनाथ अधिकारीले बताए ।
समाजको तर्फबाट गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र हस्तान्...