दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र उपचारका लागि लगिएका बालकको ज्यान गएपछि आन्दाेलनमा उत्रिएका आफन्तबीच आज पनि सहमति जुट्न सकेन । पीडित पक्ष र अस्पतालबीच पटकपटक छलफल भए पनि सहमति जुट्न नसकेकाे हाे ।
घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको अस्पतालको लापरबाहीका कारण ज्यान गएकाे भन्दै बिहीवारदेखि शुरु भएको नाराबाजीसहितको प्रदर्शन आज पनि जारी रहेको हो ।
विरोध प्रदर्शनका कारण अस्पतालको उपचार सेवा प्रभावित भएकाे छ । प्रतिष्ठान परिसरमा आज बिहानैदेख...